Logo
|
Saturday 27th July 2024
Logo

epaper

लम्की स्किन रोगको प्रकोपः मधेस प्रदेशमा २ हजार २५ गाइ भैंसीको मृत्यु, ४५ हजार ८ सयलाई खोप



जनस्वास्थ्य सरोकार, काठमाडौं । लम्पी स्किन रोगले मधेस प्रदेशमा दुई हजार भन्दा बढी गाइभैंसीको मुत्यु भएको छ । मधेश प्रदेशका ८ वटा जिल्लामा यति धेरै पशुहरुको क्षति भएको हो । यसबाट किसाहरु मर्कामा परेका छन् ।

मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार, सिराहामा धेरै १ हजार १ सय १८ गाई, भैँसीको मृत्यु भएको छ । हालसम्म प्रदेशमा यो रोगबाट २ हजार २५ गाइभैंसीको मृत्यु भइसकेको छ ।

मधेश प्रदेशका ८ जिल्लामा ४५ हजार ८ सय पशुलाई लम्की स्किन विरुद्धको खोप लगाइसकेको मन्त्रालयका पशुअधिकृत डा. रञ्जित कुमार अधिकारीले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्