Logo
|
Saturday 27th July 2024
Logo

epaper

धरानमा डेङ्गुबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ९ पुग्यो



जनस्वास्थ्य सरोकार, सुनसरी । सुनसरीको धरानमा डेङ्गु संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै धरानमा डेङ्गुबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ ।

धरान १३ की ३५ वर्षीयन महिलाको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो ।

हाल धरानमा चार हजारभन्दा बढी डेङ्गी संक्रमित रहेका छन् । धरानमा परीक्षण गर्नेमध्ये ७८ प्रतिशतभन्दा बढीमा डेङ्गी संक्रमण पुष्टि हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्