२० हजार आँखाको शल्यक्रिया : खुशीयालीमा एकमाना मार्सी चामल
जब ‘मर्यो’ भनेर छाडेको व्यक्ति उपचार र क्रित्रिम आँखा प्रतिस्थापन पश्चात् पुग्छ गाउँमा
प्रा. डा. रोहित सैंजु मोतिविन्दु र अकुलोप्लाष्टी सर्जन हुनुहुन्छ । उहाँले सन् २००१ मा बीपी कोइराला लाइन्स सेन्टर फर अप्थाल्मिक स्टडीज शिक्षण अस्पतालबाट एमडी पूरा गर्नुभएको थियो । त्यस लगत्तै तिलगंगा आँखा केन्द्रमा २३ बर्ष सेवा गरेर २०७९ सालमा अवकाश लिनुभएको छ । हाल निजी आँखा केन्द्रमा व्यस्त हुनुहुन्छ । उहाँले आफ्नो ज्ञान र कलालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सक्रिय हुनुहुन्छ । प्रा.डा. सैंजु भिजिटिङ कन्सल्यान्टको रूपमा तिलगंगा आँखा प्रतिष्ठान लगायत उपत्यकाका अन्य स्वास्थ्य संस्थाहरूमा सक्रिय हुनुहुन्छ । जानौं अकुलोप्लाष्टी सम्बन्धि अनुभव उहाँको आफ्नै शव्दमा ।
घटना नं १
माओवादी जनयुद्धको बेलामा एकजना बालकले खेल्दाखेल्दै गाडिएको बम छुन पुग्छन् । उनी हातका केही औंला गुमेको, अनुहारको केही भाग गुमेको र आँखा फुटेको अवस्थामा आउँछन् । उपचारका क्रममा पीडित बालकले परिवारको एउटै सदस्य जस्तो अनुभूति दिलाउँछन् र सफल उपचार गरेर फर्कन्छन् । यो सम्झँदा निकै खुशी लाग्छ । जनयुद्धताका अकुलोप्लाष्टी सर्जरीको धेरै काम भएको थियो । प्रहरी जवान, सिनियर पुलिस अफिसर, तत्कालीन जनसेनालाई पनि उपचार गरिएको थियो ।
घटना नं २
जुम्लामा भालुले एकजना व्यक्तिको अनुहार चिथोर्छ । उनको आँखाको गेडा गुमेको हुन्छ । उनलाई ‘म¥यो’ भनेर छाडेको अवस्थामा लामो र अथक उपचार पश्चात् क्रित्रिम आँखा प्रतिस्थापन गरिन्छ । गाउँमा जाँदा ‘तिमी म¥यो होला भनेको त झिल्के भएर आएछौ’ भनेर गाउँलेहरूले भनेको उनले सुनाउँँथे । पछि काठमाडौं आउँदा एक माना जुम्लीमार्सी चामल कोसेली बोकेर आएका रहेछन् ।
कतिको शल्यक्रिया गर्नुभयो ?
यो त स्मरणीय प्रतिनिधि पात्र मात्र हुन् । खासगरी अहिले सम्म करिब २० हजार जतिको आँखाको शल्यक्रिया गरिसकेको छु । क्लिनिकल सेवा र शैक्षिक क्रियाकलापमा केन्द्रित भएर काम गरेको छु ।
कतिको सन्तुष्ट हुनुहुन्छ ?
यसरी आँखा क्षेत्रमा राम्रो विशेषज्ञ भएर बिरामी र पेशाप्रतिन्याय गरेको अनुभूति सँगालेको छु । आपूmले सक्ने जति सबैभन्दा राम्रो सेवा दिएको जस्तो लाग्छ ।
यहाँले पुर्याउनुभएको योगदान बताइदिनुस् न ?
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) सँग तिलगंगा आँखा प्रतिष्ठानको सम्झौता भएपछि सन् २००८ बाट अप्थाल्मोजीमा एमडीको अध्ययन शुरू भयो । यसमा सक्रिय रूपमा फ्याकल्टी भएर काम गरेँ । सन् २०१५ देखि प्राध्यापक एमडी अप्थाल्मोलोजीको पठनपाठन, परीक्षा लगायत प्रशासनिक क्रियाकलापमा सक्रिय भएँ । साथै न्याम्सबाट सञ्चालित फेलोसिप कार्यक्रमको नेशनल को–अर्डिनेटर भएँ । हाल न्याम्स अन्तर्गत नेपालका ५ वटा ठूला आँखा अस्पतालमा एमडी र फेलोसिप कार्यक्रम सञ्चालन भइरहेका छन् । हस्पिटल डाइरेक्टर भएर ६ वर्षसम्म काम गरेँ ।
प्रशासनिकदेखि प्राविधिक सेवाको गुणस्तर बढाउने काममा मेरो सक्रिय कोशिस रह्यो । सन् २००४ मा अस्ट्रेलियाको मेलबर्न युनिभर्सिटीबाट अकुलोप्लाष्टी सर्जरीमा एक वर्ष तालिम लिएर फर्केँ । त्यसपश्चात् यो सेवालाई विशिष्ट सेवाको रूपमा सञ्चालन गर्न छुटै विभाग बनाउन सफल भएँ ।
कति चेला उत्पादन गर्न सफल हुनुभयो ?
सन् २००८ बाट अहिले सम्म नेशनल र इन्टरनेशनल ट्रेनी फेलोजहरु गरी ४० जना आँखा विशेषज्ञहरूलाई अकुलोप्लाष्टी विषयमा तालिम र कोर्ष दिएको अनुभव सँगालेको छु । दिक्षित विज्ञहरू देशका विभिन्न भागमा सन्तोषजनक काम गरिरहेका छन् । फेलोसिपका लागि इथियोपिया, घाना, भारत, सामुवाद्धिप, भुटान लगायतका देशमा विज्ञहरूले पनिसीपसिकेर आफ्नो देशमा अव्वल सेवा प्रदान गर्न सफल भएका छन् ।
कतिवटा अकुलोप्लाष्टी सम्मेलन भए ?
यो विषय के हो ? भन्ने बारे जान्न र बुझाउन सन् २०१० मा पहिलोपटक अन्तर्राष्ट्रिय तहको अकुलोप्लाष्टी सम्मेलन गर्न सफल भएको थिएँ । सन् २०१४, २०१७ र २०२२ गरी हालसम्म चारपटक अकुलोप्लाष्टी सम्बन्धि सम्मेलन नेपालमा सम्पन्न भइसकेको छ ।
अकुलोप्लाष्टी कस्तो सेवा लाग्छ ?
नदेख्नेले तत्काल देख्ने, जीवनमा सकारात्मक सोच र परिवर्तन ल्याउने भएकाले मोतिविन्दुलाई रिवार्डिङ सर्जरी मानिन्छ । मलाई लाग्छ दोस्रोमा अकुलोप्लष्टी हो । धेरै वर्षदेखि भोागिरहेका समस्याहरूमा अकुलोप्लाष्टी सेवाले आँखाको विभिन्न भागहरूलाई सक्रिय र सुन्दर बनाउँछ ।
मुलुकमा अकुलोप्लाष्टी सर्जनको माग कति छ ?
देशमा अकुलोप्लाष्टी सेवाको माग ठूलो छ । हाल करिब ४० जना जति अकुलोप्लाष्टी सर्जनमध्ये करिब २५ जना सक्रिय रूपमा कार्यरत छन् ।
हरेक ठूला आँखा अस्पतालमा एक देखि दुई जना अकुलोप्लाष्टी सर्जनको आवश्यकता छ । सुलभ एवं सहज सेवाका लागि १०० जना अकुलोप्लाष्टी सर्जनको आवश्यकता महसुस गरिएको छ ।
वास्तवमा अकुलोप्लाष्टी के हो ?
हाम्रो आँखाकाविभिन्नभागहरूलाई सक्रिय र सुन्दर बनाउनआँखा विज्ञानको विशिष्ट विधा हो अकुलोप्लाष्टी । जसमा मुख्यतया शल्यचिकित्सा नै उपचारका विधिहरू हुन्छन् ।
अकुलोप्लाष्टीले आँखाको ढकनी, आँशु सम्बन्धि रोग, आँखाको खोविल्टो (अर्विट) सम्बन्धि रोग, आँखाको क्यान्सर, आँखाको वरिपरिको चोटपटक लगायत धेरै कुरा समेट्छ । यो आँखा भित्र मात्र नभई अन्य विधाहरू जस्तोः न्यूरो सर्जन, नाक, कान, घाँटी सर्जन, म्याक्जीलोफेसियल सर्जन, क्यान्सर सर्जन आदिसँगै सहकार्य गरी बिरामीहरूलाई दिने विशिष्ट सेवा हो ।
आफ्नो नियमित क्लिनिकल काम बाहेक के मा आवद्ध हुनुहुन्छ ?
हाल केही अन्य विभिन्न संस्थाहरूमा पनि सक्रिय रहेको छु । साउथ एसियन एकेडेमी अफअप्थाल्मोलोजी (एसएओ) उपाध्यक्ष, एसिया प्यासिफिक एकेडेमी अफ अप्थाल्मोलोजी (एपीएओ) को काउन्सिल सदस्य, अप्थाल्मोलोजी सोसाइटी अफ साउथ एसियाको उपाध्यक्ष छु । यसैगरी नेपाल अप्थाल्मिक सोसाइटीको निवर्तमान अध्यक्ष, एसियन प्यासिफिक सोसाइटी फर अप्थाल्मिक प्लाष्टिक एण्ड रिकन्ट्रक्टिभ सर्जरी (एपीएसओपीआरएस) को उपाध्यक्षको जिम्मेवारी सम्हालेको छु ।
कतिको सन्तोष मिलेको महसुस गर्नुभएको छ ?
देशमा अकुलोप्लाष्टी सेवालाई दह्रो रूपमा स्थापना गर्नु, त्यसका लागि आवश्यक जनशक्तिको उत्पादन गर्नु र यो सेवालाई देशका सबै मुख्य आँखा अस्पतालहरूमा विस्तार गर्नु नै मुख्य रूपमा लिइएको उद्देश्य थियो । अर्को उद्देश्य थियो—‘यस सेवाको प्रवद्र्धन र अन्तर्राष्ट्रियकरण गर्नु । हामीले गरेका कार्यहरूको प्रवद्र्धन र प्रचारका लागि नियमित रूपमा ठूला अन्तर्राष्ट्रिय सम्मेलनमा (APAO, APSOPRS, WOC, AAO, OPAI, APOTS, OPSSA) वक्ताको रूपमा भाग लिने मौका पाएँ ।
हामीले राम्रा काम र आफ्नो धरातल देखाउन यस्ता सहकागिताहरूले मद्धत गरेका छन् र नयाँ प्रतिभावान विज्ञहरूलाई आकर्षित गरेको मेरो बुझाइ छ । सन् २००८ यता यो विषयमा नियमित एक वर्ष फेलोसिप कार्यक्रम सञ्चालनमा रहेको छ । तिलगंगा आँखा प्रतिष्ठानको २३ वर्ष सेवाकालले यस उद्देश्यहरूको हेतु अगाडि बढ्न निकै मद्धत पुर्याएको अनुभव गरेको छु ।
अकुलोप्लाष्टी विषयलाई संस्थागत रूपमा बिस्तार गरी सन् २०१४ मा नेप्लिज सोसाइटी फर अकुलोप्लाष्टी सर्जन (एनईएसओएस) को सस्थापक अध्यक्ष भई स्थापना गर्न पाउनु अर्को उद्देश्य उपलब्धिको अनुभव गरेको छु ।