Logo
|
Friday 26th July 2024
Logo

epaper

स्वास्थ्य बीमा बोर्डले २६ निजी अस्पताल र मेडिकल कलेजबाट बीमा कार्यक्रमबाट हटायो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाएको छ।

बोर्डको साउन ३२ गते बसेको बैठकले सांसद शुनिल शर्मा र मेडिकल व्यवसायी दुर्गा प्रसाईको अस्पताल सहित २६ निजी स्वास्थ्य संस्थालाई स्वास्थ्य बीमा सेवा प्रदान गर्ने सूचीबाट हटाउने निर्णय गरेको हो ।

नेपाल सरकारको बजेट निर्दिष्ट गर्नु भन्दा अगावै स्वास्थ्य बीमा ऐन अनुसार सम्झौता भएका तर २०७९/०८० को बजेट वक्तव्य पछि अस्पताहरुको सम्झौता अवधि समाप्त भई पुनः नविकरण नभएका वा हुन नसकी स्वास्थ्य बीमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्थाहरु र लामो समयसम्म सम्झौता नविकरण नगरेका स्वास्थ्य संस्थाहरुलाई सेवा प्रदायक संस्थाको सूचीबाट हटाएको बोडले जनाएको छ ।

बोर्डले लाइफ लाइन अस्पताल (झापा), बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (बिर्तामोड), मेची नेत्रालय (झापा), नोबेल मेडिकल कलेज ९विराटनगर०, विराट मेडिकल कलेज एण्ड रिसर्च सेन्टर (विराटनगर), चितवन मेडिकल कलेज (भरतपुर), नेशनल मेडिकल कलेज (वीरगञ्ज), शुभस्वस्तिक अस्पताल (बर्दिवास) र नेपाल आँखा प्रतिष्ठान (भैरहवा) ले सेवा सूचिबाट हटाएको छ ।

त्यस्तै, नेपालगञ्ज मेडिकल कलेज (बाँके), राप्ती आँखा अस्पताल (दाङ), फत्तेवाल आँखा अस्पताल (बाँके), फुलकुमारी मेमोरियल हस्पिटल (सिरहा) र सगरमाथा चौधरी आँखा अस्पताल (सिरहा), लाल रत्न अस्पताल (कैलाली) लगायतका स्वास्थ्य संस्थालाई सूचिबाट हटाएको हो ।

प्रतिक्रिया दिनुहोस्