Logo
|
Thursday 24th October 2024
Logo

epaper

मनिपाल बिरामी मृत्यु प्रकरण: अस्पताल प्रशासन र मृतकका आफन्तबीच सहमति भएपनि नियमित सेवा सुरु भएन



जनस्वास्थ्य सरोकार, पोखरा । अस्पताल प्रशासन र मृतकका आफन्तबिच सहमति भएपनि पोखराको मनिपाल अस्पतालमा नियमित सेवा सुरु हुन सकेको छैन ।

आफ्नो माग सम्बोधन नभएको भन्दै चिकित्सकहरु काममा नर्फिर्कएपछि अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द छन् ।

अस्पताल प्रशासनले अस्पतालमा काम गर्ने वातावरण र सुरक्षाको प्रत्याभूति सुनिश्चित नहुँदा सम्म आकस्मिक बाहेक अन्य सेवा बन्द रहने जनाएको छ ।

चिकित्सकहरू सुरक्षाको ग्यारेन्टी नभएसम्म सेवामा नफर्किने भन्दै काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन गन्तव्य तर्फ लागेको मनिपाल शिक्षण अस्पतालका डा. अनमोल पौडेलले जानकारी दिनुभयो ।

बिहीबार राति अबेर भएको सहमतिअनुसार मृतक सुकमाया दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पतालले उनको गाँउ लमजुङको सुन्दर बजारमा वर्षमा एकपटक १० वर्षसम्म विशेषज्ञ सेवासहित स्वास्थ्य शिविर चलाउने छ । त्यस्तै दुरा जातिको उपचारमा सहुलियत, मृतक दुराको मृत्युको अनुसन्धानमा दुवै पक्षले सहयोग गर्ने र विनय गुरुङविरुद्ध दर्ता भएको मुद्दामा कानुनी रित पुर्‍याएर सहजीकरण गर्ने सहमति भएको छ ।

लमजुङ सुन्दर बजार वडा नम्बर ६ की ५७ वर्षीया दुराको उपचारको क्रममा असोज ८ गते मृत्यु भएपछि उनका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै डा. अनिल शाहमाथि हातपात गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्