Logo
|
Wednesday 1st May 2024
Logo

epaper

उच्च रक्तचाप र जटिल पक्ष



डा. अवनिभूषण उपाध्याय, प्रमुख कार्डियाक कन्सल्टेन्ट


उच्च रक्तचापको औषधि सेवनले साइड इफेक्ट गर्ने, मिर्गौला बिग्रने, जीवनभर खाइरहनुपर्ने, एक दिन बिर्सिएमा समस्या हुने जस्ता भ्रम धेरैमा पाइन्छ । वास्तवमा त्यो होइन । उच्च रक्तचापको औषधि बीचबीचमा छोड्नहुँदैन ।

उच्चरक्तचापको औषधि खान थालेपछि ९० प्रतिशतले जीवनभर खाइरहनुपर्छ ।

मुटुलाई असर गर्ने कारक तत्वहरुमा उच्च रक्तचाप अग्रस्थानमा रहेको छ । मुटुको काम रगत पम्प गरेर पठाउने हो रक्तचाप नभएका आर्टरीहरुमा रगत सहजरुपमा बगिरहेको हुन्छ । तर रक्तचाप बढेर थिचिरहेका आर्टरीहरुमा मुटुले जोडले पम्प गरेर रगत पठाउनुपर्छ । यस्तो अवस्थामा मुटुलाई निकै मिहिनेत पर्छ र मुटुको देब्रपट्टिको भाग सुन्निन सक्छ । यद्यपी मुटुको पम्प गर्ने कार्य क्षमता घटेर जान्छ । यसलाई हार्ट फेलियर भनिन्छ ।

सुन्निएको मुटुले रगत पम्प गर्न सक्दैन र फोक्सोमा पानी भरिन थाल्छ । यसले शरीरभर पानी भरिन सक्छ । त्यसपछि गोडा सुन्निने, स्याँ स्याँ आउने जस्ता समस्याहरु देखिन थाल्छन् ।

रक्तचापले आर्टरीलाई बाक्लो बनाउँदै लैजान्छ र रगत प्रवाह हुने आर्टरीहरु साँधुरिन थाल्छन् । त्यहाँ गएर चिल्लो पदार्थ थुप्रिन थाल्छन् । आर्टरी साँधुरिने प्रक्रियालाई बढाउन उच्च रक्तचाप पहिलो नम्बरमा पर्छ । रक्तचापका कारण हृदयघात पनि हुनसक्छ ।

रक्तचापले मुटुको कुनै भाग वा आर्टरी साँघुरिन सक्छन् । यसलाई एन्जायना भनिन्छ । रक्तचापले मिर्गौलालाई असर पार्न सक्छ । यसले मिर्गौलालाई ड्यामेज गर्नसक्छ । उच्च रक्तचापले मुटुलाई असर गर्छ ।

उच्च रक्तचापले मस्तिष्कमा असर गरेमा व्यक्ति प्यारालाइसिस पनि हुनसक्छ । आँखामा समस्या गरेमा दृष्टिबिहीन बनाउन सक्छ । त्यसैले समयमा उच्च रक्तचापको पहिचान भएमा उच्चरक्तचाप राम्रोसँग नियन्त्रणमा राख्न सकिन्छ । चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नु सबैभन्दा ठूलो बुद्धिमानी हो ।

प्रतिक्रिया दिनुहोस्