Logo
|
Friday 26th July 2024
Logo

epaper

स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यले दिए राजीनामा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेकै भोलिपल्ट बोर्डका पाँच जना सदस्यले राजिनामा दिएका छन् ।

बोर्डका सदस्य डा. सुरेश तिवारी, डा. तारा शाह, इन्द्रकला राई, चन्द्र थापा र टिका चापागाईंले मंगलबार स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतलाई राजीनापत्र बुझाउनुभएको हो ।

स्वास्थ्यमन्त्री बस्नेतले सोमबार डा. मदन उपाध्यायलाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक नियुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्