Logo
|
Wednesday 29th May 2024
Logo

epaper

लोमस फर्मासिटिकल्सका प्रनवजङ्ग पाण्डेद्वारा भुकम्पमा घाइते भएकाहरुलाई पेनकिलर औषधि र मल्हम सहयोग



जनस्वास्थ्य सरोकार, काठमाडौं । लोमस फर्मास्युटिकल्स प्रा.लि.का निर्देशक प्रनवजङ्ग पाण्डेले कात्तिक १७ गते राति भूकम्पका कारण घर भत्किएर घाईते भएका बिरामीहरुको उपचारमा प्रयोग हुने दुखाइ कम गर्ने औषधि (पेनकिलर) र मलम सहयोग गर्नुभएको छ । सिनामंगलमा रहेको सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन प्लाटुनका प्रमुख पूर्ण साउद र डाक्टरहरुको उपस्थितिमा सो औषधी हस्तान्तरण गर्नुभएको हो । जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो धनजनको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्