Logo
|
Saturday 27th July 2024
Logo

epaper

पीसीएल नर्सिङ लाइसेन्स परीक्षामा सहभागी १ हजार २७० जना मध्ये २४६ मात्र पास



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा ८१ प्रतिशत फेल भएका छन् ।

नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको लाइसेन्स परीक्षामा पीसीएल तर्फ सहभागीमध्ये ८१ प्रतिशत फेल भएका हुन् ।

पीसीएल नर्सिङ तर्फ कुल १ हजार २७० जना सहभागी भएका मध्ये २४६ जना ( १९.३४ प्रतिशत) मात्रै पास भएको परीक्षा समितिकी प्रवक्ता सकुन्तला प्रजापतिले जानकारी दिनुभयो ।

त्यस्तै बीएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना (४९.०३ प्रतिशत) पास भएका छन् ।

परिषद्ले शनिबार सम्मन्न गरेको ३४ औँ नाम दर्ता परीक्षाका लागि नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान सानोभर्याङ र बागमती कलेज सुकेधारा सेन्टर तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्