Logo
|
Saturday 27th July 2024
Logo

epaper

नेपाल न्यूरो सर्जन समाजको नयाँ कार्यसमिति चयन, अध्यक्षमा डा. यमबहादुर रोका



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल न्यूरो सर्जन समाजको नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिको अध्यक्षमा डा. यमबहादुर रोका चयन हुनुभएको छ ।

त्यसैगरी उपाध्यक्षमा डा. सुदन ढकाल, सचिवमा डा. गोपाल सेढाईं चयन हुनुभएको छ । डा. प्रकाश काफ्ले र डा. सुरज थुलुङ्ग सह–सचिवमा चयन भएका छन् भने कोषाध्यक्षमा डा. विनोद राजभण्डारी चयन हुनुभएको छ ।

सदस्यहरूमा डा. अनिसमान सिंह, डा. मनिष कोलाक्षपति, डा. माया भट्टचन, डा.राजीव शाह, डा.प्रत्युश श्रेष्ठ र डा.समीर अर्याल रहनुभएका छन् ।

प्रतिक्रिया दिनुहोस्