Logo
|
Saturday 27th July 2024
Logo

epaper

वीर अस्पतालमा ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सेवा सञ्चालन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा न्युरो सर्जरी विभाग अन्तर्गतको ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सेवा सुरु भएको छ ।

अस्पतालका निमित्त निर्देशक डा. श्रवणकुमार थापाले बुधबारबाट वीरको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रमार्फत विशेषज्ञ क्लिनिक सेवा सुरु भएको बताउनुभयो ।

ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सेवा हप्ताको दुई दिन आइतबार र बुधबार सञ्चालन हुनेछ । उक्त सेवा विहान १० बजेदेखि १ बजेसम्म बहिरंग विभागमा सञ्चालन हुने अस्पतालका निमित्त निर्देशक डा. थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्