Logo
|
Saturday 27th July 2024
Logo

epaper

हाछ्युँ रोक्नु स्वास्थ्यका लागि घातक, हुनसक्छन् यी गम्भिर समस्या



जनस्वास्थ्य सरोकार, काठमाडौँ । हाछ्युँ रोक्न खोज्दा घाँटीमा भित्र गम्भिर चोटपटक लाग्न सक्ने भन्दै चिकित्सकहरुले हाछ्युँ नरोक्न चेतावनी दिएका छन् ।

हालसालै बेलायतको डन्डीमा एक ३० वर्षीय पुरुषलाई घाँटीमा गहिरो दुखाई भएपछि नाइनवेल्स अस्पतालमा भर्ना गरिएको थियो । उनले हाछ्युँ रोक्न नाक र मुख बन्द गरेका थिए । हाछ्युँ रोकिँदा उनको श्वासनलीमा २ मिलिमिटरको घाउ भएको स्क्यान रिपोर्ट देखिएको थियो ।

यदि कुनै व्यक्तिले हाछ्युँ गर्ने क्रममा आफ्नो मुख र नाक बन्द गरेमा श्वासनलीको माथिल्लो भागमा २० गुणासम्म दवाव बढ्ने डन्डी युनिभर्सिटीका डाक्टरहरुले बीबीसीलाई बताएका छन् ।

हाछ्युँ रोक्न खोज्दा कानको पर्दा फुट्ने, रक्तनलीमा एन्युरिज्म, छातीको हड्डी भाँचिने वा अन्य कुनै गम्भीर चोटपटक लाग्न सक्ने चिकित्सकहरु बताउँछन् ।

.

छींक
स्रोतः बीएमजी

सो घटनालाई मेडिकल साइन्सेससँग सम्बन्धित बीएमजे जर्नलमा केशका रूपमा दर्ता गरिएको छ । ती व्यक्तिको स्वास्थ्य जाँचका क्रममा घाँटी छुँदा चर्को आवाज निस्किरहेको र सो आवाज व्यक्तिको नियन्त्रण भन्दा बाहिर रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

सो व्यक्तिको नाम खुलासा गरिएको छैन । हाछ्युँ आउने क्रममा उनी कार चलाइरहेका थिए । र, सिट बेल्ट बाँधेका थिए । चिकित्सकका अनुसार उनलाई पहिल्यैदेखि नै एलर्जी र घाँटी दुख्ने समस्या थियो ।

उक्त व्यक्तिलाई शल्यक्रिया आवश्यक नरहेको र केही समय अस्पतालमा निगरानीमा राखिएको थियो । केही समय पेनकिलर दिएर अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

चिकित्सकहरुले उनलाई पर्याप्त आराम गर्न र दुई सातासम्म कुनै भारी काम नगर्न सल्लाह दिएका थिए । पाँच हप्ता पछि अर्को स्क्यान गरेर हेर्दा उनको घाँटीको घाउ पूर्ण रूपमा निको भएको देखिएको थियो ।

हाछ्युँ मानव शरीरको रक्षा संयन्त्र अर्थात प्राकृतिक सुरक्षा प्रक्रिया भएको बीएमजेमा प्रकाशित प्रतिवेदनका प्रमुख लेखक डा. रास्देस मिसिरोभ्सले बीबीसीलाई बताउनुभयो ।

यस प्रकृयाबाट शरीरभित्र प्रवेश गरेका बिकार पदार्थलाई (इरिटेन्टस्) नाकको माध्यम हुँदै बाट बाहिर निकाल्दछ । तसर्थ, हाछ्युँलाई कहिले पनि रोक्नुहुँदैन ।

उहाँ भन्नुहुन्छ–‘हाछ्युँ गर्दा नाकबाट थुक र म्यूकससँगै भाइरसजस्ता जलनकारी पदार्थ पनि बाहिर निस्कन्छ । उक्त विकार इरिटेन्टस् वरपरका मानिसलाई फैलनबाट रोक्न आफ्नो नाकलाई हात वा कुहिनोको भित्री भागले छोप्नु पर्दछ ।’

डा. रासेड मिसिरोभ्सका अनसार कहिलेकाहीँ मानिसहरू आफ्नो हाछ्युँ रोक्न नाक वा मुख बन्द गर्दैनन् र अन्य तरिकाले हाच्छ्युँ गर्न रोक्न खोज्छन् ।

उहाँ भन्नुहुन्छ–‘व्यक्तिगत रूपमा म हाछ्युँ रोक्नका लागि नाक छोप्दिन । म फरक तरिका अपनाउछु । म आफ्नो नाकको मुनि मेरो माथिल्लो ओठमा औंला राख्छु र त्यो ठाउँलाई केही सेकेन्डसम्म थिच्छु। यो विधि मेरो लागि काम गर्छ ।’ उहाँ थप्नुहुन्छ–‘नाक खुल्ला छोड्दा निसासिए जस्तो भएमा नाकबाट हाछ्युँ निस्कन्छ।’

उहाँका अनुसार हाछ्युँ रोक्दा अचानक श्वासनलीमा गम्भीर चोट लाग्न सक्छ । जसलाई चिकित्सकीय भाषामा ‘स्पोन्टेनियस ट्रेकियल पर्फोरेशन’ भनिन्छ । यस्ता केस विरलै देखिने भएतापनि कहिलेकाहीँ घातक सावित हुनसक्छ ।

सन् २०१८ तिर बेलायतको लेस्टरमा एक व्यक्तिले हाछ्युँ रोक्दा घाँटीमा चोट लागेको घटना बाहिर आएको थियो । हाछ्युँ रोकेपछि उनलाई एक्कासी घाँटी दुख्ने, बोल्न र खानेकुरा समस्या भएको थियो ।

डाक्टरले घाँटी निको हुन पर्याप्त समय दिनका लागि सात दिनसम्म ट्युबमार्फत खुवाउने व्यवस्था गरेका थिए ।

हाछ्युँ किन आउँछ ?
हाछ्युँ कीटाणु, भाइरस वा परा कणले मात्रै हुँदैन । कहिलेकाहीँ सूर्यको कडा किरण र तातो घामले पनि व्यक्तिलाई हाच्छ्युँ आउनसक्ने अनुसन्धानमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

जर्मनीका अनुसान्धानकर्ताले एक हजार भन्दा व्यक्तिमा गरिएको सर्वेक्षणमा उनीहरुलाई सुर्यको कडा किरण र तातो घामले बढी हाछ्युँ आउने बताएका थिए । कतिपय विज्ञहरूले यसको कारण आनुवंशिक पनि हुनसक्ने विश्वास गर्छन् । कतिपयले धेरै खाना खाएपछि हाछ्युँ आउने गरेको बताउँछन् ।

मानिसको हाछियुँ आठ मिटर अर्थात २६ फिटसम्म पुग्न सक्छ । म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा लिडिया बोरोइबाले गरेको अनुसन्धानले हाछ्युँ गर्दा नाकबाट निस्कने कण केही मिनेटसम्म हावामा तैरिन सक्ने देखाएको छ । बीबीसीहिन्दीबाट साभार

प्रतिक्रिया दिनुहोस्