Logo
|
Saturday 27th July 2024
Logo

epaper

प्रा.डा. भगवान कोइरालाको नेतृत्वमा ह्याम्स अस्पतालमा चर्चित मुटरोग विशेषज्ञहरुको टिम



जनस्वास्थ्य सरोकार, काठमाडौँ । ह्याम्स अस्पतालले मुटुरोग विशेषज्ञहरुको सहभागितामा २४सै घण्टा मुटुसम्बन्धी उपचार सेवा सञ्चालन गरेको छ । ह्याम्समा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. भगवान कोइरालाको नेतृत्वमा मुटरोग विभाग सञ्चालनमा छ ।

अत्याधुनिक प्रविधिसहित २४सै घण्टा क्याथल्याब सञ्चालन गरिरहेको ह्याम्स अस्पतालमा डा. कोइरालाको नेतृत्वमा विशेषज्ञहरुको टिम खडा भएको छ । ह्याम्समा अहिले डा. कोइरालासहित मुटुको शल्यक्रियामा डा. रोशन राउत, डा. ज्योतिन्द्र शर्मा र डा. रवि बरालको टिम छ । राउतले कार्डियो विभागको नेतृत्व गरिरहनुभएको छ।

अस्पतालकाअनुसार कार्डियोलोजीमा डा. रोशन राउत, डा दिवाकर शर्मा, डा. मानबहादुर केसी, डा. यादव भट्ट, डा. मुकुन्द शर्मा, डा. लक्ष्मण ज्ञवाली, डा. अमृत बोगटी, डा. रिजु मानन्धर, डा पारस कोइराला हुनुहुन्छ ।

एक हजार नवजात शिशुमध्ये ८ जनामा जन्मजात मुटु रोगको समस्या हुने अनुसन्धानले देखाएको छ । विकसित देशमा गर्भमै शिशुको मुटुको अवस्था जाँच गर्ने प्रविधि प्रचलित भए पनि नेपालमा भने हाल यो सेवा अहिले ह्याम्स अस्पतालमा सर्वसुलभ रूपमा उपलब्ध भएको ह्याम्सले जनाएको छ ।

हाल ह्याम्सको कार्यकारी निर्देशक ज्योतिन्द्र शर्मा हुनुहुन्छ । ह्याम्समा एनेस्थेसियाको लिड भने डा मुरारीराज उप्रेतीले गर्नुभएको छ । ह्याम्सको क्याथल्याब २४ घण्टा सञ्चाल्न हुने अस्पतालका अध्यक्ष आरएस भण्डारीले जानकारी दिनुभयो । हाल नेपालमा प्रचलित मुटु रोगको उपचार सम्बन्धी सेवाहरूमा सबै भन्दा बढी प्रकारका सेवाहरू ह्याम्स अस्पतालमा उपलब्ध भएको अस्पतालका कार्यकारी निर्देशक शर्माले बताउनुभयो ।

मुटु रोगकै मात्र उपचार गर्ने विशेष अस्पतालमा समेत नभएका सेवा ह्याम्सले उपलब्ध गराएकाले बिरामीका लागि सबै उपचारको गन्तव्य बनेको उहाँले बताउनुभयो । विशेष गरी ह्याम्समा विश्वस्तरीय र अत्याधुनिक ल्याब तथा प्रविधिहरू अपडेट भइरहने भएकाले रोग पत्ता लगाउन सहज बनेको छ ।

ह्याम्सले मुटुको चाल नियमित नभएमा थ्री डी म्यापिङ मार्फत इलेक्ट्रोफिजीयोलोजीको सेवा दिन गरेको छ । नेपालमा यस सम्बन्धी सेवा दिने एकमात्र चिकित्सक वरिष्ठ डाक्टर रोशन राउत ह्याम्स अस्पतालमा कार्यरत हुनुहुन्छ । मुटु रोग सम्बन्धी सम्पूर्ण सेवा प्राप्त गर्न सकिने ह्याम्स अस्पतालले सर्वसुलभ मूल्यमा उपचार गर्दै आएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपाल सरकारले मुटुरोगका बिरामीलाई प्रदान गर्ने एक लाख रुपैयाँ बराबरको सहुलियत सेवा ह्याम्समा उपचार गर्दा समेत प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । ह्याम्सले विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७३ बमोजिम यो वर्ष मसान्त सम्ममा ३१ जना मुटु रोगका बिरामीहरूलाई नेपाल सरकारद्वारा प्रदान गरिने एक लाख बराबरको सहुलियतमा सेवा प्रदान गरिसकेका जनाएको छ ।

अस्पतालको भवनमै हेलिप्याड रहेकाले दुर्गमका बिरामीलाई तत्काल उद्धार गर्न समेत ह्याम्सले सधैँ हेलिकोप्टर तयार राखेको जनाएको छ । अत्याधुनिक प्रविधि सहित २४ सै घण्टा क्याथल्याब सञ्चालन गरिरहेको ह्याम्स अस्पतालले मुटु सम्बन्धी समस्याको निदानका लागि देशका नाम चलेका विज्ञहरूलाई जम्मा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्