Logo
|
Saturday 27th July 2024
Logo

epaper

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकमा डा. रवि मल्ल नियुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकमा डा. रवि मल्ल नियुक्त हुनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मंगलबार डा. मल्ललाई निमित्त निर्देशकमा नियुक्त गर्नुभएको हो । गत पुस ६ गते कार्यकारी निर्देशकमा डा. चन्द्रमणि अधिकारीको कार्यकाल सकिएको थियो ।

उमेर हदका कारण हाल गंगाललालमा हाजिर नगरिरहेका डा. मल्ललाई केही समय काम हेर्ने र थप निर्णय लिनेगरी निमित्तको जिम्मेवारी दिइएको मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्