Logo
|
Saturday 27th July 2024
Logo

epaper

स्वास्थ्यमन्त्री बस्नेतद्वारा गेटा अस्पतालको अनुगमन निरीक्षण



जनस्वास्थ्य सरोकार, धनगढी । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले कैलालीको गेटा स्थित प्रस्तावित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन निरीक्षण गर्नु भएको छ ।

आज सरकारी अधिकारी सहित गेटा पुग्नु भएका मन्त्री बस्नेतले राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको भौतिक पूर्वाधार तथा गेटा अस्पतालको अनुगमन निरीक्षण गर्नु भएको हो । 

मन्त्री बस्नेतले मेडिकल शिक्षा अध्ययनका लागि अस्पताल सञ्चालन आवश्यक रहेको बताउनुभयो । उहाँले हालै गेटामा सरकारले अस्पताल सञ्चालनमा ल्याएको र मेडिकल शिक्षा अध्ययनका लागी ३ सय शय्या बढी क्षमताको अस्पताल चाहिने बताउनुभयो ।

मन्त्री बस्नेतले गेटामा पूर्वाधारका संरचना निमार्ण भएपनि यसलाई सञ्चालनमा ल्याउन धेरै काम गर्न बाकी रहेको बताउनुभयो । उहाँले स्थानीय स्तरबाटै स्वास्थ्य जनशक्ति उत्पादन गर्ने सरकारी नीति रहेको उल्लेख गर्दै दक्ष जनशक्ति उत्पादनका लागि गेटा महत्वपूर्ण हुने बताउनुभयो । 

अनुगमनका क्रममा मन्त्री बस्नेतले गेटामा भौतिक पूर्वाधार निर्माणको अवस्था र गेटा अस्पताल लगायतका विषयमा जानकारी लिनुभयो ।

त्यसक्रममा गोदावरी नगरपालिकाका प्रमुख विरेन्द्र भट्टले गेटामा मेडिकल कलेज राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना चाँडो गर्न आग्रह गर्नुभयो । 

वर्षौँदेखि सुदूरपश्चिमवासीले गेटामा मेडिकल कलेज सञ्चालनको माग गर्दै आएको सन्दर्भमा सरकारले हालै गेटामा न्यूनतम उपचार सेवा दिने गरि अस्पताल सञ्चालनमा ल्याएको छ ।

हालसम्म गेटामा मेडिकल कलेजका लागि भन्दै भौतिक पूर्वाधार निमार्णमा करिब ६ अर्ब खर्च भएको छ । 

प्रतिक्रिया दिनुहोस्