Logo
|
Friday 25th October 2024
Logo

epaper

शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त हुनुभएको छ ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले डा. मल्ललाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गत पुस ११ गते डा. मल्ललाई निमित्त निर्देशकको जिम्मेवारी दिनुभएको थियो । मन्त्रालयकै प्रस्तावमा बुधबार मल्ललाई कार्यकारी निर्देशक नियुक्त गरिएको हो।

डा. मल्ल अस्पतालमै कार्यरत मुटु रोग विशेषज्ञ हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्