Logo
|
Saturday 26th October 2024
Logo

epaper

नक्कली चिकित्सक प्रकरणः कानुन बमोजिम कारबाही अगाडि बढाउन नेपाल चिकित्सक संघको माग



जनस्वास्थ्य सरोकार, काठमाडौं। नेपाल चिकित्सक सङ्घले नक्कली चिकित्सकलाई कानुन बमोजिम कारबाही अगाडि बढाउन माग गरेको छ ।

सङ्घले सोमबार विज्ञप्ति निकाल्दै नक्कली परिचय पत्र बनाएर सयौँ बिरामीको उपचार गर्ने नक्कली चिकित्सकलाई कानुन बमोजिम कारबाही अगाडि बढाउन माग गरेको हो । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले नक्कली डाक्टरको आरोपमा सोमबार काठमाडौँको बाँसबारीमा बस्दै आएका सम्बुद्ध भट्टाचार्यलाई बसुन्धारास्थित धौलागिरि हिमाल पोलिक्लिनिक प्रालिबाट पक्राउ गरेको थियो ।

भट्टाचार्यले विगत तीन वर्षदेखि काठमाडौँ उपत्यकाका विभिन्न पोलिक्लिनिकहरुमा नेपाल चिकित्सक सङ्घ र शिक्षण अस्पतालको नक्कली परिचय पत्र बनाएर बिरामी उपचार गर्दै आएको आरोप छ

अनुसन्धान कार्यालयका अनुसार भट्टाचार्यको साथबाट त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिकल काउन्सिल र नेपाल चिकित्सक सङ्घको नक्कली परिचय पत्र बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्