Logo
|
Saturday 27th July 2024
Logo

epaper

अबको पाँच वर्षमा नेपालमा डाक्टर र नर्स पाइँदैन : स्वास्थ्यमन्त्री बस्नेत



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन् ।

आज (सोमबार) शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गर्नुभयो ।

उहाँले नेपालको शिक्षा नीतिमा केही कमी, कमजोरीहरु रहेको पनि बताएका छन् । कमजोरीहरुलाई हटाएर अघि बढ्न आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले जनसंख्या बढीरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरु पनि बढ्दै जान आवश्यक रहेको बताउनुभयो ।

देशमा कामै नपाउने अवस्था रहेको भन्दै उहाँले दक्ष जनशक्ति नहुने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अफ्ठ्यारो भइरहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्