Logo
|
Saturday 27th July 2024
Logo

epaper

डा. बसौलालाई पदमुक्त गर्ने सरकारको निर्णयविरुद्द सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश

पुनः स्वास्थ्य बीमा बोर्डको जिम्मेवारी सम्हाल्दै डा. बसौला



नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई पदमुक्त गर्ने सरकारको निर्णयविरुद्द सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

बोर्डका कार्यकारी निर्देशक डा बसौलाले माघ २५ गते दिएको रिटमा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका नाममा अल्पकालिन अन्तरिम आदेश दिएको हो । साथै अन्तरिम अदेशका लागि छलफलमा बोलाइएको छ ।

सर्वोच्चको उक्त आदेशसँगै डा. बसौलाले पूर्ववत रुपमा पुनः जिम्मेवारी सम्हाल्नु हुने भएको छ ।

सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा बसौलालाई माघ ९ गते वर्खास्त गर्ने निर्णय गरेको थियो । सरकारले यसअघि उहाँलाई तीन महिनाका लागि निलम्बन गरेको थियो । उहाँले त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले गत बुधबार बोर्डका सदस्य डा. मुक्तिराम श्रेष्ठलाई निमित्त कार्यकारीको जिम्मेवारी दिनुभएको थियो । डा. श्रेष्ठले हिजो दिउसो गएर निमित्तको कार्यभार सम्हाल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्