Logo
|
Saturday 27th July 2024
Logo

epaper

नेपालका पायनियर वरिष्ठ जनस्वास्थ्यविद् प्रा.डा. ऋतुप्रसाद गड्तौलाको निधन



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा मेडिकल एन्थ्रोपोलोजीमा पहिलो पिएचडी गर्ने पायनियर वरिष्ठ जनस्वास्थ्यविद् प्रा.डा. ऋतुप्रसाद गड्तौलाको निधन भएको छ ।

त्रि.वि. शिक्षण अस्पतालमा मस्तिष्कघातको उपचारका क्रममा आज उहाँको निधन भएको हो । प्रा.डा. गड्तौला ७२ वर्षको हुनुहुन्थ्यो ।

स्वर्गीय गड्तौलाले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा लामो समय अध्यापन गराउनुभएको थियो । उहाँ समाजकल्याण परिषद्को सदस्य सचिव पनि हुनुभएको थियो । आजै उहाँको अन्त्यष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्