Logo
|
Saturday 27th July 2024
Logo

epaper

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा.प्रमोद जोशी नियुक्त



नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. प्रमोद जोशी नियुक्त हुनुभएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गरेको हो ।

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. जोशी हाल गेटा अस्पतालमा प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । उहाँले यसअघि ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँ नेपाल चिकित्सक संघको कोषाध्यक्षसमेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्