Logo
|
Sunday 5th May 2024
Logo

epaper

नेपाल फर्मा एक्स्पोका लागि सबै स्टल बुकिङ, विदेशबाट प्रयोगशाला र मेसिन पनि एक्स्पोस्थलमा आउन थाले



नेपाल हेल्थ न्युज, चितवन। चितवनको भरतपुरमा हुन लागेको ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ को लागि सवै स्टल बुकिङ भएका छन् ।


नेपाल औषधी उत्पादक संघले नेपाली औषधीको प्रवद्र्धन र अन्तर्राष्ट्रिय बजारमा चिनाउन आयोजना गरेको नेपाल फर्मा एक्स्पोमा सबै स्टल बुकिङ भएको संघका उपाध्यक्ष तथा एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक्स्पोका लागि १५० वटा स्टल बुकिङ भइसकेका छन् ।


‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक ’भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा यहि फागुन २५ देखि २७ गतेसम्म हुने फर्मा एक्स्पो हुँदै छ ।


उपाध्यक्ष बरालले अहिलेसम्म नेपाली उद्योगका २० वटा, औषधिको कच्चा पदार्थ उत्पादन तथा विक्रि विवरण कम्पनी ५० वटा, औषधि उत्पादनमा प्रयोग हुने मेसिन र प्रयोगशालाका स्टल, औषधि उद्योगको अध्ययन तथा अनुसन्धानका लागि चाहिने मेसिन तथा प्रयोगशाला (ल्याब)का स्टल रहेको बताउनुभयो ।


यस्तै औषधि उद्योग बनाउनका लागि चाहिने जिएमपी स्टाण्डर्सका ढोका, बाल, भुई (फ्लोर_, सिलिङ, बिजुली पानी हावासंग सम्बन्धित स्टल पनि बुकिङ भएका छन् ।


एक्स्पोमा नयाँ औषधि उद्योग बनाउनका लागि चाहिने सवै भवन, मेसिन, प्रयोगशाला, कच्चा पदार्थ लगायतका सवै स्टल राखिने उहाँले जानकारी दिनुभयो ।


उहाँले अहिले स्टलको डिजाइनको काम भइरहेको बताउनुभयो । एक्स्पोको लागि विदेशबाट ल्याउन थालिएको प्रयोगशाला र मेसिन पनि एक्स्पो स्थलमा आउन थालेका छन् ।


प्रत्येक दुईरदुई बर्षमा हुने एक्स्पोमा यसबर्ष ३० हजार भन्दा बढी मानिसले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्