Logo
|
Wednesday 12th March 2025
Logo

epaper

थापाथलीको प्रसूति अस्पतालबाट २६ दिने शिशु चोरी



नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्‍पतालबाट बच्चा चोरी भएको छ।

शुक्रबार एक जना महिलाले बच्चा चोरी गरी फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक जना महिलाको २६ दिने छोरी चोरी भएको हो। अस्पतालमा एक जना महिलाले केहीबेर बोकिदिने भनेर बच्चा लिएको प्रहरीले जनाएको छ।

केहीबेर लिने भनेर ती महिला फरार भएकी हुन्। घटना शुक्रबार दिउँसो १२ बजेतिर भएको हो। त्यसपछि करिब १ बजेतिर प्रहरीलाई खबर भएको हो। प्रहरीले अहिले ती महिलाको खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्