Logo
|
Sunday 19th May 2024
Logo

epaper

पृथ्वी चन्द्र अस्पतालमा पाठेघरको सफल शल्यक्रिया



नेपाल हेल्थ न्युज, नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको परासीस्थित जिल्ला पृथ्वी चन्द्र अस्पतालमा पहिलो पटक महिलाको पाठेघरको सफल शल्यक्रिया गरिएको छ।

जिल्ला अस्पतालबाटै पाठेघरको शल्यक्रिया (अप्रेसन) सेवासमेत सञ्चालन भएको प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. अनन्त शर्माले जानकारी दिनुभयो ।

केही दिनअघि ४० वर्षीया सुभावतीदेवी थारूको शल्यक्रिया गरी पाठेघर झिकिएको अस्पतालले जनाएको छ। पहिलो पटक अस्पतालका चिकित्सकको टोलीले पाठेघरको सफल शल्यक्रिया गरेको बताइएको छ।

विगत वर्षमा बिरामी रिफर सेन्टर र पोष्टमार्टम गृहको रूपमा चिनिँदै आएको जिल्लाको पृथ्वी चन्द्र अस्पतालले पछिल्लो पटक थप गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।

५० शय्याको जिल्ला अस्पतालमा पर्याप्त जनशक्तिको अभावमा पनि सेवा दिँदै आएको अस्पतालले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्