Logo
|
Sunday 28th April 2024
Logo

epaper

‘राज्यले सहयोग गरेमा देशलाई पुग्ने मात्र नभई अन्तर्राष्ट्रिय जगतलाईसमेत औषधि उपलब्ध गराउन सक्ने अवस्थामा छौं’-पृथ्वी राजभण्डारी



नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । एक्स्पोमा सर्वसाधारणले औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे जानकारी लिनेछन् । एक्स्पो सम्बन्धका एपोनका कोषाध्यक्ष एवं फर्मा एक्स्पो–२०२४ का सहसंयोजक तथा क्वेष्ट फर्मास्युटिकल्स प्रालिका डाइरेक्टर अपरेशन पृथ्वी राजभण्डारी (निजु) सँग गरिएको कुराकानी

पृथ्वी राजभण्डारी (निजु)

खासमा फर्मा एक्स्पो गर्नुको कारण के हो ?
नेपालमा औषधि उत्पादन शुरु भएको ४० वर्ष भन्दा बढी भइसकेको छ । विगतमा एक दर्जनजति उद्योग थिए । हाल ८३ वटा कम्पनिले औषधि उत्पादन गरिरहेका छन् । आज हाम्रो देशका औषधि कम्पनिले गुणस्तर र बजारीकरणमा गरेको योगदान, अन्तर्राष्ट्रियसँग प्रतिस्पर्धी भएर उत्पादन गरिएका औषधिलाई जनतामाझ परिचित गराउन जरुरी थियो । यसरी स्वदेशी उद्योगको विकास र स्तरबारे जानकारी उपलब्ध हुने फर्मा एक्स्पो उत्तम थलो हो ।

फर्मा एक्स्पोबाट नेपाली जनतालाई के फाइदा हुन्छ ?
औषधि उद्योग सतप्रतिशत विज्ञानमा आधारित छ । धेरै रोग निको पार्ने गुणस्तरीय औषधि हामीले बनाउन सफल भएका छौं । यसबारे सबैले जानकारी पाउँछन् यो फर्मा एक्स्पोको माध्यमबाट । मुलुकमा क्यान्सर रोगको औषधिसमेत उत्पादन भएर बजारीकरण भइरहेको छ । हरेक वर्ष खपत हुने औषधि मध्ये करिब ५० प्रतिशत स्वदेशी कम्पनिले उपलब्ध गराउन सफल भएका छन् । तर दुइदशक अघिसम्म प्रायः अधिकांश औषधि हामी विदेशी सँग परनिर्भर हुनुुपर्दथ्यो । तर आज हामी अन्तर्राष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने हैसियतमा पुगेका छौं । राज्यले सहयोग गरेमा देशलाई पुग्ने मात्र नभई अन्तर्राष्ट्रिय जगतलाईसमेत औषधि उपलब्ध गराउन सक्ने अवस्थामा छौं ।

स्वदेशी औषधिमा आत्मनिर्भर हुने आधारहरु बताइदिनुस् न ?
सरकारकी मातहतमा एक मात्र नेपाल औषधि लिमिटेड छ । यसले आवश्यक धेरै औषधि उत्पादन गर्न सकिरहेको छैन । त्यसैले राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ ।

प्रयोगशाला निर्माण, उपकरण र कच्चापदार्थ आयातमा सरकारले सहयोग गरेमा नेपाली जनताले अझ सुलभ रुपमा औषधि सेवन गर्न सक्ने वातावरण सृजना हुन्छ । सरकारको सहयोग विना उद्योगको विकास गर्न कठिन पर्छ। बंगलादेश कुल ग्रार्हस्थ (जिडिपि) उत्पादनमा औषधि उद्योग तेस्रो स्थानमा छ । नेपाली औषधि उद्योगले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेका छन् । यो कुरा सरकारले बुझ्नुपर्छ ।

नेपाली औषधि विदेश औषधिको तुलनामा गुणस्तर कस्तो छ ?
औषधि उद्योग औषधि व्यवस्था विभागको निगरानीमा हुने गर्दछन । हाम्रौ औषधिको बर्षको दुई पटक विश्व स्वास्थ्य संगठनको जिएमपी (कुलश औषधि अभ्यास) अडिट हुने गर्दछ । स्वदेशी कम्पनिहरुले पनि हरेक महिना आन्तरिक अडिट गरिरकेका हुन्छन् । त्यसैले गुणस्तरको मामिलामा नेपाली औषधि उद्योग विदेशीका राम्रा उद्योगसँग प्रतिस्पर्धी छन् यसमा शंका गर्नुपर्ने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्