Logo
|
Tuesday 30th April 2024
Logo

epaper

शौचालयमा मृत अवस्थामा भेटिएकी नर्स चन्द्रिका कुमारी दासको हत्या प्रकरणमा प्रहरीको तीब्र अनुसन्धान



नेपाल हेल्थ न्युज, बिराटनगर । आफू बसेको भाडाको घरको शौचालयमा शुक्रबार मृत अवस्थामा भेटिएकी नर्स चन्द्रिका कुमारी दासको हत्या प्रकरणमा प्रहरीले तीब्र अनुसन्धान थालेको छ ।

nurse sign symbol icon

सिराहाको फुल्काहकट्टी घर भएकी २३ वर्षीया दास नोबेले मेडिकल कलेजमा काम गर्थिन् । उनी विराटनगर महानगरपालिका–४ मा कोठा लिएर बसेकी थिइन् ।

उनको घाँटी र शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेकाले हत्या हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अनुसन्धानका क्रममा ती नर्सका प्रेमी सिराहाका अमिनल हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले उनको खोजी तीब्र बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्