Logo
|
Saturday 27th July 2024
Logo

epaper

सात प्रदेशका यी अस्पतालमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप निःशुल्क लगाउन पाइन्छ



नेपाल हेल्थ न्युज काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोपको दोस्रो मात्रा लिन आग्रह गरेको छ । खोप निःशुल्क छ । यसका लागि सातै प्रदेशका अस्पताल तोकिएको छ ।

कोशी प्रदेशको कोशी अस्पताल बिराटनगरमा चैत्र ७ गतेदेखि, मधेश प्रदेशको नारायण अस्पताल, बीरगञ्जमा चैत्र ७ गतेदेखि, वाग्मति प्रदेशको परोपकार प्रशुति तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौंमा चैत्र ८ गतेदेखि, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा चैत्र ७ गतेदेखि लुम्बिनी प्रदेशको भेरी अस्पताल नेपालगञ्जमा चैत्र ६ गतेदेखि, कर्णाली प्रदेशको प्रदेश अस्पताल बिरेन्द्रनगर सुर्खेतमा चैत्र ७ गतेदेखि र सुदुरपश्चिम प्रदेशको डडेल्धुरा अस्पताल डडेल्धुराबाट चैत्र ७ गतेदेखि यो खोप उपलब्ध भइरहेको छ ।

१४ वर्ष उमेर समूहका किशोरीहरुले पहिला लगाएको एचपिभी खोपको कार्ड लिएर दोस्रो खोप लगाउन आग्रह गरिएको छ । यो खोप ६ महिनापछि लगाइन्छ । सरकारले गत भाद्र महिनाको अन्तिम हप्तामा पहिलो मात्राको एचपिभी खोप दिएको थियो । यो खोप सुरक्षित र जीवन रक्षा गर्ने स्वास्थ्य विभागद्धारा जारी सुचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्