Logo
|
Friday 26th April 2024
Logo

epaper

सरकारले निःशुल्क प्रदान गर्दै आएको ९८ प्रकारका औषधीको विवरण पेस गर्न विभागको निर्देशन



नेपाल हेल्थ न्युज, काठमाडौँ। औषधी व्यवस्था विभागले सरकारले निःशुल्क प्रदान गर्दै आएको ९८ प्रकारका औषधीको विवरण पेस गर्न अनुरोध गरेको छ । 

विभागकाले सूचना निकाल्दै आर्थिक वर्ष २०७७/७८, २०७८/७९, २०७९/८० को उत्पादन तथा आयातको वार्षिक विवरण पेस गरी सहयोग गर्न उत्पादक तथा आयातकर्तालाई अनुरोध गरेको हो ।

विभागले सरकारले निःशुल्क प्रदान गर्दै आएको ९८ प्रकारका अत्यावश्यकीय औषधीहरूको बजार अवस्था अध्ययन गर्न उत्पादक तथा आयातकर्तालाई अनुरोध गरेको हो ।

विवरण सङ्कलनका लागि विभागले तयार गरेको प्रयोगकर्ता निर्देशिकाका आधारमा सूचना प्रकाशित मितिबाट ३० दिनभित्र अनिवार्य विवरण पेस गर्न अनुरोध गरेको छ । थप जानकारीका लागि विभागको औषधी मूल्याङ्कन तथा दर्ता महाशाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्