Logo
|
Saturday 27th July 2024
Logo

epaper

मुलुकमा न्युट्रेसन एण्ड डाइटेटिक्स काउन्सिलको तत्काल स्थापना हुनुपर्ने माग

यस विषयमा टोली नै बनाएर लाग्ने कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशकको आश्वासन



नेपाल हेल्थ न्युज, धरान । डायटिसियन र सरोकारवाला व्यक्तिहरुले मुलुकमा न्युट्रेसन एण्ड डाइटेटिक्स काउन्सिलको तत्काल स्थापना हुनुपर्ने माग गरेका छन् ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालयसँग उनीहरुले सो माग गरेका हुन् । देशमा न्युट्रेसन एण्ड डाइटेटिक्स काउन्सिलको माग गर्दै यसै साता निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतलाई ४२ जनाको हस्क्षारसहितको ज्ञापन पत्र बुझाएका छन् ।

योर डायटेसियन प्रा.लिद्धारा धरानमा आयोजित ब्रिडिड द ग्याप कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागी वक्ताहरुद्धारा मुख्य अतिथि बस्नेतलाई हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाइएको हो । सो अवसरमा निर्देशक बस्नेतले यस विषयमा टोली नै बनाएर लाग्ने आश्वासन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्