Logo
|
Saturday 27th July 2024
Logo

epaper

डा. शाही अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजीको गाइडलाइन सल्लाहकार समूह कमिटीको सदस्यमा मनोनित

क्यान्सर उपचारमा भइरहेका विश्वका अभ्यास, प्रयास र सफलता देशमा भित्र्याउन सहयोग गर्ने



नेपाल हेल्थ न्युज, काठमाडौ । युवा पुस्ताका प्रभावशाली क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजी (एस्को) को गाइडलाइन सल्लाहकार समूह कमिटीको सदस्यमा मनोनित हुनुभएको छ । एस्को क्यान्सरको क्षेत्रमा काम गर्ने सर्वोच्च संस्था हो ।


डा. शाही आगामी ४ जुन २०२४ बाट लागू हुने गरी ४ वर्षका लागि एस्को गाइडलाइन सल्लाहकार समूह कमिटीको सदस्यमा मनोनित हुनुभएको हो ।


एस्को गाइडलाइन सल्लाहकार समूह कमिटीले तथ्यमा केन्द्रित रहेर क्यान्सरको औषधि, उपचार विधिलगायत क्लिनिकल अभ्यासको पहिचान गर्ने र प्राथमिकताका आधारमा सोसाइटीलाई सिफारिस गर्छ । सोही आधारमा सोसाइटीले विश्वमा क्यान्सर उपचारमा भइरहेका अभ्यासहरुलाई एकीकृत गर्दै नीति निर्माण गर्नुका साथै नीति निर्माता, स्वास्थ्यमा कार्यरत विभिन्न संघ संगठन, उपचारमा संलग्न चिकित्सक र बिरामीहरुलाई जानकारी उपलब्ध गराउँदछ ।


‘अविकसित, अल्पविकसित र विकसित मुलुकहरुमा क्यान्सर उपचारको गाइडलाइन किन फरक हुनुपर्छ ? भन्ने सवाल महत्वपूर्ण छ । क्यान्सरका औषधिहरुको उच्च मूल्य, उपलव्धता र प्रयाप्ततामा हुने समस्या पनि त्यत्तिकै छ । यसबारे कुरा उठाउँदै आएका थियौं ।’— डा. शाहीले भन्नुभयो—‘ क्यान्सर उपचारमा विकासोन्मुख देशका अभ्यास र अनुभव विश्वका फोरमहरुमा सुनिनुपर्छ भन्ने आवाज उठाउँदै आएका थियौं । बल्ल अवसर मिलेको छ ।’

एस्कोका निवर्तमान अध्यक्ष डा. एरिक पी वाइनरसँग डा. अरुण शाही


हाल क्यान्सर उपचारमा भइरहेका विश्वका अभ्यास, प्रयास र सफलता देशमा भित्र्याउन सहयोग गर्ने र नेपालमा क्यान्सर उपचारमा भइरहेको अभ्यास विश्व सामु पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह हुने डा. शाहीले बताउनुभयो ।


डा. शाही युरोपियन सोसाइटी फर मेडिकल अंकोलोजीका सर्टिफाइड अंकोलोजिष्ट हुनुहुन्छ । हाल उहाँ पाटन एकेडेमी अफ हेल्थ साइन्समा क्यान्सर विशेषज्ञ एवं सहप्राध्यापकका रुपमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्