Logo
|
Friday 10th January 2025
Logo

epaper

स्वास्थ्य क्षेत्रको संरचनागत सुधारका लागि आफू लागिरहेको स्वास्थ्यमन्त्रीको स्पोष्टोक्ति

फार्मेसीमा प्रक्रियागत झन्झटले बिरामी लाइन बस्नुपर्ने अवस्था अन्त्य गर्न सहयोगको अपेक्षा



नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रको संरचनागत सुधारका लागि आफू लागिरहेको बताउनुभएको छ ।


विनियोजन विधेयकअन्तर्गत स्वास्थ्य मन्त्रालयको शीर्षकमा सांसदहरूले उठाएको प्रश्नमा जवाफ दिँदै मन्त्री यादवले जनशक्ति थप्नेदेखि अस्पतालहरूको सेवा सुधार, सेवा प्रक्रियालाई डिजिटलाइज गरेर सरल बनाउने लगायतका कार्यमा आफ्नो टिमले काम गरिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो-समग्र सुधार गर्न आवश्यक छ। धेरै क्रान्तिकारी कुरा गरेर समस्याको समाधान हुँदैन। अहिले भएको संरचना र अस्पताल कसरी सुधार गर्ने भन्नेमा केन्द्रित छु। त्यो सुधार गर्‍यो भने नागरिकको सास्ती, समस्या समाधान हुन्छ। त्यो समस्या समाधान र भएको संरचना सुधारका लागि स्वास्थ्य मन्त्रालय कटिबद्ध छ। त्यसको लागि हाम्रो टिम इमानदारीपूर्वक खटिइरहेको छ ।

मन्त्री यादवले अस्पतालहरू तथा फार्मेसीमा प्रक्रियागत झन्झटले बिरामी लाइन बस्नुपर्ने अवस्था रहेको र यसले चरम निराशा पैदा गरेको भन्दै स्वास्थ्य क्षेत्रको आमूल सुधारका लागि संसद्को सहयोग पनि आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्