Logo
|
Friday 18th October 2024
Logo

epaper

‘महिला सशक्तीकरणका लागि योग’ भन्ने मुल नाराका साथ दशौं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै



नेपाल हेल्थ न्युज काठमाडौं । आज विश्व अन्तर्राष्ट्रिय योग दिवस । ‘महिला सशक्तीकरणका लागि योग’ भन्ने मुल नाराका साथ दशौं अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो ।

महासभामा उक्त प्रस्ताव भारत सरकारले प्रस्तुत गरेको थियो । सरकारले नेपालमा विश्व योग दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्