Logo
|
Saturday 28th September 2024
Logo

epaper

‘योगलाई आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गर्न आवश्यक’-प्रधानमन्त्री प्रचण्ड



नेपाल हेल्थ न्युज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग र साधनालाई शिक्षा, जीवन र व्यवहारमा जोड्दै आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गर्न आवश्यक रहेको बताउनुभएको छ ।

दसौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदैयोगाभ्यासलाई जीवनको अभिन्न क्रियाकलापका रूपमा अवलम्बन गरी स्वथ्य जीवनयापनको मार्गमा अघि बढ्न आह्वान गर्नुभयो ।


‘महिला सशक्तीकरणका लागि योग’ भन्ने मुल नाराका साथ दशौं अन्तर्राष्ट्रिय योग दिवस आज नेपालमा पनि मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो । महासभामा उक्त प्रस्ताव भारत सरकारले प्रस्तुत गरेको थियो । सरकारले नेपालमा विश्व योग दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्