Logo
|
Monday 16th September 2024
Logo

epaper

स्वास्थ्यको दृष्टिकोणले खीरको महत्व कति छ ? पोषणविद्को कुरा पढौं

साउन १५: खिर खाने दिन



नेपाल हेल्थ न्युज, काठमाडौं । हरेक वर्ष साउन १५ मा खीर खाने साँस्कृतिक महत्व छ । परम्पराकालदेखि नै रोपाइ सकिएको खुसियालीमा खीर खाने चलन रही आएको छ । स्वादिलो खीर पोषिलो हुन्छ ।

वरिष्ठ पोषणविद् डा. उमा कोइरालका अनुसार, १०० ग्राम खीरमा कार्बोहाइर्डेट २७ ग्राम, भिटामिन बी वन २० प्रतिशत, बि टु १८ प्रतिशत, क्याल्सियम ३८ प्रतिशत र फसफोरस २० प्रतिशत हुन्छ । यसका साथै केहि प्रोटीन भिटामिन ए र सी पनि पाइन्छ ।

खीरमा ग्लाइकोजिन तत्व पाइन्छ जसले काम गर्दा खिइएको वा नस्ट भएको मांसपेशी पुर्नःनिर्माण गर्न मद्दत गर्दछ । यो खाँदा शरीरमा पीत्त कम हुने भएकाले औलो फैलाउने लामखुट्टेको टोकाइको असर कम हुन्छ भन्ने भनाइ पनि छ ।

प्रतिक्रिया दिनुहोस्