‘ट्रु स्किन’ ब्रान्डका १६ प्रकारका नयाँ स्वास्थ्यसौन्दर्य सामाग्री नेपाली बजारमा, कलाकारद्धय शेख र अधिकारीद्धारा समुद्घाटन
प्राकृतिक तत्वबाट निर्मित ट्रु स्किन ब्रान्डका प्रोडक्टहरुले छालाको हेरचाह र सौन्दर्यको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने प्रबन्ध निर्देशक सुशान्त मुरारकाको विश्वास
नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपालीहरुको सौन्दर्य स्वास्थ्यलाई दृष्टिगत गरी ट्रु स्किन ब्रान्डका नयाँ सामाग्रीको बजारीकरण शुरु भएको छ । एक दशकभन्दा बढी समयदेखि लोकप्रीय कमाउँदै आएको ट्रु डर्मा ब्रान्डले नेपालमा नयाँ स्वास्थ्य एवं सौन्दर्य सामाग्रीको बजारीकरण शुरु गरेको हो ।
काठमाडौंमा आयोजित एक कार्यक्रमबीच २६ साउन २०८१ मा बलिउड एवं हिरामण्डिकी अभिनेत्री सन्जिदा शेख र नेपाली अभिनेत्री केकी अधिकारीले संयुक्त रुपमा ‘ट्रु स्किन ब्राण्ड’ का सौन्दर्य सामग्री बजारीकरणको शुभारम्भ गर्नुभएको हो ।
अभिनेत्री शेखले आफूले प्रयोग गर्दा ट्रु स्किन ब्रान्डका स्वास्थ्य सामाग्री प्रभावकारी लागेको अनुभव सुनाउनुभयो ।
लक्जरीयस ५० यसपीएफ प्लस क्रिम, लक्जरीयस ५० यसपीएफ प्लस जेल, बेबी डिएम मोस्चराईजिङ क्रिम, ग्लो ह्वाईटिङ क्रिम, भिटामीन सी क्रिम, एक्टीभ सावर जेल, एक्टीभ फेस वास, ग्लो फेस वास, ड्रिमा मच्युराईजिङ लोसन, कोज स्याम्फु, रिटिनल सिरम, ट्रु हेयर गेन, कोलभिट स्क्रिन लाईटिनिङ, लक्सर किलिन्जर, ग्लो ह्यान्ड फुट क्रिम र कोकोनट ओईल गरी बजारमा अहिले स्ट्रु स्किन ब्राण्डका १६ वटा उत्पादन रहेका छन् ।
ट्रु डर्माका प्रबन्ध निर्देशक सुशान्त मुरकारले प्राकृतिक तत्वबाट निर्मित ट्रु स्किनका प्रोडक्टहरुले छालाको हेरचाह र सौन्दर्यको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।