Logo
|
Monday 6th January 2025
Logo

epaper

देशमा हैजाको प्रकोप जारी, खानेपानीको शुद्धतामा ध्यान दिन ईडीसीडीको आग्रह



नेपाल हेल्थ न्युज, काठमाडौँ । देशभर हैजा संक्रमितको संख्या ५० पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ललितपुरमा सबैभन्दा धेरै हैजा संक्रमितका बिरामी भेटिएका छन् । त्यहाँ ३८ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।

यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको छ । बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ ।

पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन ईडीसीडीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्