Logo
|
Saturday 28th September 2024
Logo

epaper

जोर्नी बिग्रने अवस्था र प्रत्यारोपण



घुँडा र हिपको जोर्नी बिग्रने भिन्ना भिन्नै कारण हुन्छन् । धेरैजसो घुँडाको जोर्नी बिग्रने अस्टियोआर्थराइटिस बाथ रोगका कारणहुन्छ । बुढ्यौलीले पनि घुँडाको जोर्नी खिइनसक्छ । दुःखाई बढ्दै जाँदा जीवनको गुणस्तरमा सम्झौता गर्नुपर्ने बाद्यता आउँछ । हिँडडुल गर्न सकिदैन । भर्याङ चढ्दा होस् वाराति सुत्दा पनि दुखाइ भइरहन्छ । अन्तिम चरणमा जोर्नी नै फेर्नुपर्ने अवस्था आउनसक्छ ।

यस प्रकारको शल्यक्रियालाई ‘टोटल नि रिप्प्लेसमेन्ट’ अर्थात ‘टोटल नी आर्थोप्लास्टी’ भनिन्छ । यसमा शल्यक्रिया गरेर खिइएको घुँडाको पुरै भाग फेरिन्छ । यो शल्यक्रिया चिरेर गरिन्छ । त्यहाँ क्रित्रिम घुँडाको जोर्नीराखिन्छ । योे विशेष मेटल कोवाल्ट क्रोमियमबाट बनेको हुन्छ । बीचमा स्पेशलाइज प्लास्टिक हुन्छ । त्यसलाई पोलीइथलिन भनिन्छ । नयाँ घुँडा राखेर बिग्रिएको सतह नै फेरिने भएकाले यसलाइ कुल घुँडा प्रतिस्थापन (टोटल नि रिप्लेसमेन्ट) भनिएको हो । शल्यक्रिया पछि दुःखाइ निको हुन्छ । आफ्नो जीवनको गुणस्तर राम्रो हुन्छ । पीडाबाट राहत मिल्छ ।

चोटपटक लागेर घुँडाको जोर्नी खिइएको अवस्थालाई पोस्ट ट्रमाटिक आर्थराइटिस भनिन्छ । यस्तो अवस्थामा वयस्क व्यक्तिको पनि जोर्नी प्रत्यारोपण गर्नुपर्ने हुनसक्छ ।

विदेशतिर हिपको अस्टियोआर्थराइटिस धेरैलाई हुने गरेको पाइन्छ । तरनेपाली जनसंख्यामा त्यति पाइँदैन । विशेषगरी हिप प्रत्यारोपण गर्ने अवस्था एभास्कुलर नेक्रोसिस (एभिएन) ले गर्दा हुन्छ । कुनै कारणबस हिपको गेडीमा रगत सञ्चालन हुन नसकेर मक्किने समस्या एभिएन हो । धेरैजसो हिप फेर्ने कारण पनि एभिएन हो । विगतको चोटपटक, पुरानो संक्रमण, क्षयरोगले गेडी मक्किएमा हिप प्रत्यारोपणगर्नुपर्छ । साधारणतया हिप प्रत्यारोपण गर्ने बिरामी जोर्नी प्रत्यारोपण गर्ने भन्दा वयस्क नै हुन्छन् । यसरी दुःखाइ कम गर्ने र जीवनको गुणस्तर सुधार गर्ने जोर्नी प्रत्यारोपणका प्रमुख इन्डिकेसनहरु हुन् ।

प्रत्यारोपण पछि समस्या पो हुने हो कि ?
विशेषगरी वयस्क बिरामीको जोर्नी प्रत्यारोपणमा राखिने इम्प्लान्टको निश्चित आयु हुन्छ । यसको स्थायित्व हुन्छ । युवामा प्रत्यारोपण गरेको जोर्नीले १५–२० वर्ष काम गर्न सक्छ । जुन के कारणले जोर्नी प्रत्यारोपण गरिएको हो र बिरामीले कति प्रयोग गरिरहेको छ भन्ने कुरामा निर्भर हुन्छ । प्रत्यारोपण गरेको सबैको ठ्याक्कै त्यति नै समय चल्छ भन्ने पनि छैन । कसैलाई बीचमा चोट लाग्न सक्छ । कुनै बिरामी भएको हुनसक्छ । यसले रिजल्ट कम्प्रोमाइज हुनसक्छ ।

जोर्नी प्रत्यारोपण गर्दा निश्चित मानक फलो गरिएको हुन्छ । हिप पत्यारोपण गर्दा सिरामिक अन सिरामिक, सिरामिक अन पोलीइथलिन जस्ता बियरिङ सर्फेसेसहुन्छन् । विभिन्न बियरिङ सर्फेसेसका आफ्नै फाइदा र बेफाइदा हुन्छन् । यसबारे बिरामीसँग विस्तृत छलफल गर्नुपर्छ ।

बिरामीको आवश्यकता, उमेर, रिभिजन सर्जरी जरुरी हुन्छ वा हुँदैन लगायतकाकुरा बुझाएर मात्र सर्जरीका लागि अगाडि बढ्नुपर्छ । सर्जरी पश्चात् फलोअपमा बस्न जरुरी हुन्छ ।

काउन्सिलिङ
पहिलोकुरा डाक्टर र बिरामीबीचको सम्बन्ध महत्वपूर्ण हुन्छ । जोर्नी प्रत्यारोपण ठूलो सर्जरी हो । बिरामीलाई राम्रोसँग काउन्सिलिङ गर्नुपर्छ । विशेषज्ञता के–के उपलब्ध छन्, कहाँ कहाँ उपलब्ध छन, गुणस्तरीय इम्प्लान्ट उपलब्ध छ वा छैन बुझेर बिरामीसँग राम्रोसँग छलफल गर्नुपर्छ । त्यसपछि मात्र सर्जरीका लागि अघि बढ्नुपर्छ । यो जीवनको गुणस्तरका लागि गरिने शल्यक्रिया हो ।

अहिले नेपालमै राम्रो जोर्नी प्रत्यारोपण हुने गरेको छ । यसका लागि बाहिर जानुपर्दैन । देशका धेरै सेन्टरहरुले जोर्नी प्रत्यारोपण सेवा दिइरहेका छन् ।

बीएण्डबी अस्पतालमा मात्र हामीले हरेक वर्ष १५० ओटा जोर्नी प्रत्यारोपण गछौँँ । त्यसमा लगभग ७० प्रतिशत घुँडाको जोर्नी प्रत्यारोपण हुने गर्छ । ३० प्रतिशत जति हिप प्रत्यारोपण हुन्छ ।

जीवनशैली
शल्यक्रियापश्चात् फिजियोथेरापीको ठूलो भूमिका हुन्छ । बिस्तारै रिह्याबिलिटेसन प्रोसेस इम्प्रुभमेन्ट हुँदै जान्छ । साधारणतया जोर्नी र हिप प्रत्यारोपण गरेपछि परिणाम देखिन ३ देखि ६ महिना लाग्छ । यो अवधिमा फिजियोथेरापी र सर्टेन प्रीकर्सन लिनुपर्छ । जसले हिपको ज्वाइन्ट डिसलोकेशन नहोस् । इन्डिकेशन राम्रो छ भने बिरामीको दुःखाइ कम हुदै जान्छ । जसले जीवनको गुणस्तर सुधार हुन्छ ।
(डा. बाँस्कोटा बी एण्ड बी हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्