मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको माग अनुसार नै एमबीबीएस अध्ययनका लागि ५० सिट प्रदान
नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको माग अनुसार नै एमबीबीएस अध्यापनका लागि ५० सिट प्रदान गरेको छ ।
यसमा विद्यार्थीहरुले ७५ प्रतिशत सिटमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाउनेछन् । मधेश प्रदेशको उपकुलपतिमा डा.अंकुर साह, रजिस्ट्रार डा.विनोद यादव रहेका छन् ।