Logo
|
Thursday 19th September 2024
Logo

epaper

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले दिए राजिनामा



नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजिनामा दिनुभएको छ ।

डा. लोहनीले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा पत्र बुझाउनुभएको हो । उहाँले राजीनामा दिनुको कारण भने खुलाउनुभएको छैन ।

२०८० मंसिर १३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले उहाँलाई स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्