Logo
|
Saturday 28th September 2024
Logo

epaper

औषधिको गुणस्तर परीक्षणमा पारासिटामोलसहित ५३ भन्दा बढी औषधि फेल, स्वास्थ्य सुरक्षामा उठ्यो प्रश्न



नेपाल हेल्थ न्युज, काठमाडौँ । हालै इन्डियाको सेन्ट्रल ड्रग्स स्टान्डड्र्स कन्ट्रोल अर्गनाइजेसन (सीडीएससीओ) ले औषधिको गुणस्तर जाँच गरेको छ ।

अनुसन्धानका क्रममा पारासिटामोलसहित ५० भन्दा बढी औषधिको गुणस्तर परीक्षणमा फेल भएका छन् । जसमा पारासिटामोलसहित उच्च रक्तचापका औषधि समेत सामेल छन् । सीडीएससीओले आफ्नो आधिकारिक वेबसाइटमा यी औषधिहरूको सूची सार्वजनिक गरेको छ ।

सीडीएससीओले ५३ वटा औषधि गुणस्तर परीक्षणमा फेल गरेको छ । फेल भएका औषधिमध्ये ५ कम्पनीले आफ्नो औषधि नभएर आफ्नो कम्पनीको नाममा बजारमा बिक्री भइरहेको बताएका छन् । केही औषधिहरू प्रत्येक महिना निरीक्षण गरिने सीडीएससीआले जनाएको छ ।

सामान्यतः मानिसले स्व–औषधिका लागि सबैभन्दा बढी प्यारासिटामोलको प्रयोग गर्छन् तर गुणस्तरमा असफल भएपछि यसले अहिले मानिसको स्वास्थ्य सुरक्षामा प्रश्न खडा गरेको छ ।

गुणस्तर परीक्षणमा कुन–कुन औषधी फेल भए ?
औषधिको गुणस्तर परीक्षणमा समावेश गरिएका औषधिमध्ये यसपटक पारासिटामोल आइपी ५०० एमजी, भिटामिन डी३, भिटामिन सी, क्याल्सियम, एन्टिबायोटिक, मधुमेहको औषधि ग्लिमेपिराइड, हाई बीपीको औषधि तेलमिसर्टन, भिटामिन सी गरी ५३ वटा औषधि परेका छन् ।

सफ्टगेल लगायतका गुण परिक्षणमा फेल भएका छन् । यससँगै पेटको संक्रमण निको पार्न प्रयोग गरिने मेट्रोनिजोल नामक औषधि पनि गुणस्तर परीक्षणमा फेल भएको छ ।

औषधि सेवन गर्दा रहनुस् सावधान
यसअघि पनि सीडीएससीओले केही औषधिमाथि प्रतिबन्ध लगाएको थियो । ज्वरो, उच्च रक्तचाप र पेट सम्बन्धी समस्याबाट मुक्ति पाउन स्वयम् औषधिको लागि पनि यी औषधिहरू लिनुहुन्छ भने त्यसो नगर्नुहोस । कुनै पनि समस्याको अवस्थामा, कृपया यी औषधिहरू लिनु अघि आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् । वान्लीमाइहेल्थ

प्रतिक्रिया दिनुहोस्