Logo
|
Sunday 29th September 2024
Logo

epaper

बिरामी बोकेको एम्बुलेन्स बाटोमै रोकिँदा दुई जना बिरामीको मृत्यु,



नेपाल हेल्थ न्युज, सिन्धुली। पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिँदा दुई बिरामीको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका–८ का ४५ वर्षीय मानबहादुर सिंजाली रहेको सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनीहरू शुक्रबारदेखि नै सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जास्थित टुपीडाँडा भन्ने ठाउँमा एम्बुलेन्स अड्किएका थिए ।

मृत्यु हुनेमध्ये सिंजाली मिर्गौलाको बिरामी रहेको पाइएको एसपी काफ्लेले बताउनुभयो । भुजेललाई बा २१ च ७५२३ नम्बरको र सिंजालीलाई ज १ च १७०८ नम्बरको एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं ल्याइँदै थियो ।

प्रतिक्रिया दिनुहोस्