Logo
|
Tuesday 1st October 2024
Logo

epaper

वेब ट्रेडिङ कन्सर्नको गोदाममा बाढी पसेर ३ करोड २५ लाख मूल्यको स्वास्थ्य सामाग्री नष्ट



नेपाल हेल्थ न्युज, काठमाडौँ । मुलुकमा डेढ दशक भन्दा बढी समयदेखि मेडिकल र सर्जिकलसम्बन्धि स्वास्थ्य सामाग्रीको बजारीकरण गर्दै आएको वेब ट्रेडिङ कन्सर्न प्रा.लि.को बालकुमारी स्थित मनराहा करिडोरमा अवस्थित गोदामा बाढी पसेर ३ करोड २५ लाख मूल्य बराबरको चिकित्सकीय सामाग्री, अस्पतालजन्य उपकरण र विभिन्न किसिमका केमिकल नष्ट भएको छ ।


उपत्यकामा शुक्रबारदेखि अविरल वर्षाका कारण खोला उर्लिएर बाढी बस्तीसम्म पसेर क्षतिग्रस्त बनाएको वेव ट्रेडिङका प्रवन्ध निर्देशक रामईन्द्र न्यौपाने जानकारी गराउनुभयो । मनोहरा खोला नै बस्तीसम्म पसेपछि घर टहराहरु भत्किएर क्षतिग्रस्त भएको अवस्था छ। गोदाममा राखिएका विभिन्न चिकित्सकीय सामग्रीहरू, अस्पतालजन्य उपकरणहरू तथा विभिन्न केमिकल हरू गरी करिब ३.२५ करोड जतिको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। कम्पनीले क्षतिको पूर्ण मापन गर्न र अवरोधलाई न्यून गर्न आवश्यक उपायहरू लागू गर्न दिनरात काम भइरहेको छ।


प्रबन्ध निर्देशक न्यौपानेले यस अप्रत्याशित परिस्थितिका कारण सेवामा ढिलाई हुन सक्ने सम्भावना बढेको बताउनुभयो ।। कम्पनीले आफ्नो ग्राहकहरूलाई यो कठिन समयमा सहयोग र बुझाइका लागि धन्यवाद दिनुभएको छ। सबै सामग्रीहरू वितरणका लागि उपयुक्त छन् कि छैनन् भन्ने निर्धारण गर्न विस्तृत निरीक्षण पनि भइरहेको छ ।


सो निरीक्षणमा दिनरात खटिनु भएका सम्पूर्ण कम्पनीका सदस्यहरू तथा प्राविधिकहरूखटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्