Logo
|
Monday 6th January 2025
Logo

epaper

फरक्यापको २४ औं वृहत् शिखर सम्मेलन काठमाडौंमा शुरु, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलद्धारा उद्घाटन

नेपाललगायत २३ देशका ६ सय स्वास्थ्य अनुसन्धानकर्ताहरुको प्रत्यक्ष सहभागिता



नेपाल हेल्थ न्युज काठमाडौ । ‘उत्तरदायी अनुसन्धान, अधिकतम लाभ’ भन्ने मुख्य विषयवस्तुका साथ नेपालमा पहिलोपटक फोरुम फर इथिकल रिभ्यू कमिटी इन द एसिया एण्ड वेस्टर्न प्यासिफिक रिजन (फरक्याप) को २४ औं वृहत् शिखर सम्मेलन काठमाडौंमा शुरु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सो सम्मेलनको उद्घाटन गर्नुभयो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा मंसिर ९ गतेदेखि ४ दिनम्म काठमाडौमा शुरु भएको सम्मेलनमा सहभागी हुने स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुबीच कसरी व्यक्ति, समुदाय तथा राष्ट्रलाई फाइदा हुने तरिकाले अध्ययन अनुसन्धान गर्ने भन्ने विषयमा विशेष छलफल हुँदैछ ।
नेपालमा हुर्किदै गएको अनुसन्धान संस्कारलाई सम्मेलनले अझ बढी परिष्कृत तथा बलियो बनाउन मद्दत पुग्ने आशा लिइएको छ ।


सम्मेलनमा मुलुकमा नै पहिलो पटक अनि फरक विषय वस्तुमा विश्वका विज्ञ तथा दिगज व्यक्तित्वहरुको सहभागितामा रहेको छ । साथै सम्मेलनमा स्वदेश तथा विदेशी अनुसन्धान आचार संहिता विषयसँग सम्बद्ध विभिन्न विधाका विज्ञ, अनुसन्धानकर्ता, नीति निर्माता, प्राज्ञिक संस्थाका प्रतिनिधि तथा विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको छ । सम्मेलनको पहिलो दिन नेपाली तथा विदेशी मुख्य वक्ताहरुको प्रस्तुतिकरण रहेको थियो । साथै अनुसन्धान आचार संहिताका विभिन्न विषय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका, अनुसन्धान र नवप्रवर्तनमा विद्यमान चुनौती र समाधान, सूचित सहमतिपत्र, सहभागीहरुको तथ्यांकको गोपनियता, स्वीकृति प्रकृया तथा व्यक्ति र समुदाय स्तरमा अनुसन्धानको कार्यान्वयन विषयबमा स्वदेशी तथा विदेशी विज्ञबाट वैज्ञानिक अनुसन्धानका प्रस्तुती तथा छलफल भयो । साथै अनुसन्धानको स्वीकृति पछि अनुसन्धानकर्ता तथा आचार संहिता पुनरावलोकन समितिमा भएका विज्ञहरुको भूमिकाको बारेमा सहभागीहरुलाई तालिम प्रदान गरिएको छ ।


सम्मेलनको दोस्रो दिन आजको पहिलो सत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सम्मेलनको समुद्घाटन गर्नुभयो । सम्मेलनको तेस्रो दिन अनुसन्धानको नवप्रवर्तनको निरन्तर विकाससँगै बढ्दै गएका चुनौतीहरुको सम्बन्धमा एकजुट भई समाधान गर्न आवश्यक पर्ने आचारसंहिताका सिद्धान्तहरुको बारे छलफल हुने छ ।

करिब ६०० को हाराहारीमा स्वदेशी तथा विदेशी स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुको भौतिक उपस्थिति रहेको यस सम्मेलनमा अनुसन्धान आचार संहिताका विभिन्न पाटोहरुमा बीच गहन छलफल, बहस तथा प्रस्तुतिकरण हुनेछ । सम्मेलनमा अमेरिका, जापान, बेलायत, फिलिपिन्स, पोल्याण्ड, मलेसिया, नर्वे, ग्रीस,केन्या, ब्राजिल, भारत लगायत विश्वका विभिन्न २३ देशका विज्ञहरुको प्रत्यक्ष सहभागिता रहेको छ । साथै २०० भन्दा बढी सहभागीहरुले भर्चुअल रुपमा सहभागिता जनाउने छन् ।
सम्मेलनका लागि अनुसन्धान आचारसंहिताका विभिन्न विधामा प्राप्त भएका जम्मा ३)) वटा एव्स्ट्याक्ट मध्येबाट अन्तराष्ट्रिय अव्स्ट्र्याक्ट सेलेक्सन कमिटिले निर्धारण गरेको मापदण्ड अनुरुप रहेर ९० वटा मौखिक र १३ वटा पोस्टर प्रस्तुतिकरण छनोट गरिएको छ । सो मध्ये ६१ वटा प्रस्तुतिकरण अन्तर्राष्ट्रिय विज्ञहरुबाट हुनेछ भने २९ वटा प्रस्तुतिकरण राष्ट्रिय विज्ञहरुद्धारा गरिनेछ ।


स्वास्थ्य अनुसन्धान र प्रविधिको निरन्तर विकाससँगै एसिया प्रशासन्त क्षेत्रमा हुने अध्ययन अनुसन्धान परिक्षण अत्यन्त जिम्मेवारीपूर्ण संञ्चालन गर्नु आजको महत्वपूर्ण आवश्यकता रहेको छ । यस सम्मेलनले सो कार्यको लागि विद्यमान चुनौतीहरुको पहिचान र उचित सम्बोधन गर्न अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने अपेक्षा परिषद्ले राखेको सदस्य सचिव डा. जोशीले बताउनुभयो । साथै सम्मेलनले विश्वमा भइरहेका नवीनतम् विषयहरुको छलफल विमर्शहरुलाई सम्बन्धित निकायहरुमा पुर्याउन मद्धत गर्ने र समाजलाई अनुसन्धानबाट हुने फाइदा बढाई जोखिम न्युनीकरण गर्न सहयोगी रहने उहाँले स्पष्ट पार्नुभयो ।

सम्मेलनले स्वास्थ्य अनुसन्धान कार्यको नियमन गर्न, असल आचार संहिता र संस्कारको विकास गर्न, गुणस्तरीय तथ्याङ्क संकलन र संप्रेषण गर्न र तथ्याङक परक नीति तथा योजना कार्यन्वयन गर्न महत्वपूर्ण भुमिका निर्वाह गन विश्वास परिषद्ले लिएको छ । सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गराउन विभिन्न सरकारी निकाय, नीति तथा योजनाकारहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय इथिकल कमिटी, अनुसन्धानकर्ता, सहभागी, पत्रकार तथा परिषद्का कर्मचारीलाई अनुरोधसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्