Logo
|
Saturday 4th January 2025
Logo

epaper

वर्ल्ड आइरन डिफिसेन्सी डेः शरीरमा आइरनको कमी भएमा देखिनसक्छ यस्ता जटिल स्वास्थ्य समस्या

आइरनको कमी हुन नदिन के खाने ?



नेपाल हेल्थ न्युज, काठमाडौँ । शरीरलाई स्वस्थ र चलयमान राख्न विभिन्न पोषक तत्व आवश्यक पर्दछ । जसमध्ये आइरन अत्यावश्यक खनिज हो । यसले शरीरका विभिन्न भागलाई राम्रोसँग काम गर्न मद्दत गर्छ ।

आइरनबाट हेमोग्लोबिन बन्छ । यो रातो रक्त कोशिकामा पाइने एक प्रकारको प्रोटिन हो । फोक्सोबाट शरीरका विभिन्न भागमा अक्सिजन पुर्याउने काम हेमोग्लोबिनले गर्छ । शरीरमा आइरनको कमी भएमा मानिसलाई थकान, कमजोरी लगायत थुप्रै स्वास्थ्य समस्या देखिन सक्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार एनिमियाको मुख्य कारण आइरनको कमि हो । जुन विश्वभर सबैभन्दा प्रचलित पोषणको कमी हो । जसले विश्वव्यापी रूपमा ३३ प्रतिशत गैर–गर्भवती महिला, ४० प्रतिशत गर्भवती महिला र ४२ प्रतिशत बालबालिकालाई असर गर्छ।

शरीर आइरनको कमीले हुने स्वास्थ्य समस्या
मुटुको समस्याः
शरीरमा आइरनको कमीले मुटुको धड्कन छिटो वा अनियमित हुन सक्छ । रक्तअल्पता पीडितको रगतमा अक्सिजनको कमी हुने भएकाले मुटुले बढी पम्प गर्नुपर्ने हुन्छ । जसका कारण मुटुको आकार बढ्न सक्छ । कहिलेकाहीँ यो अवस्था हृदयघातको कारण पनि हुन सक्छ ।


गर्भावस्थामा समस्याः गर्भावस्थामा आइरनको कमीले गम्भीर समस्या निम्त्याउन सक्छ ।

गर्भवती महिलामा आइरनको कमी भएमा समयअघि नै बच्चा जन्मन सक्छ । यसको प्रत्यक्ष असर बच्चाको तौलमा देखिन सक्छ । त्यसैले गर्भावस्थामा महिलाको शरीरमा आइरनको कमी हुन दिनुहुँदैन ।

बच्चाको वृद्धिमा असरः गर्भावस्थामा आइरनको कमी भएमा बच्चाको वृद्धि विकासमा समस्या आउन सक्छ । त्यसैले बालबालिकाको आहारमा आइरन युक्त खानेकुरा समावेश गर्नुपर्छ ।

आइरनको कमी हुन नदिन के खाने ?

  • हरियो सागपात (पालक, बथुआ, मेथी)
  • मटर र चुकंदर
  • रातो मासु र कुखुराको मासु
  • समुद्री खाना र सिमी
  • साबुत अन्न, रोटी र पास्ता

आइरनको कमीबाट बच्न आफ्नो खानामा भिटामिन सी पनि समावेश गर्नुपर्छ । भिटामिन सीले शरीरमा आइरन सोस्न मद्दत गर्छ । त्यसैले आइरनसँगै भिटामिन सीको सेवन गर्नु जरुरी छ ।

किन मनाइन्छ वर्ल्ड आइरन डिफिसेन्सी डे ?

शरीरमा हुने आइरनको कमी, रक्तअल्पताको समस्या उजागर गर्न सन् २०१५ सीएसएल भाइफोरले हरेक वर्षको नोभेम्बर २६ ताखिकका दिन विश्व आइरन डेफिसेन्सी डे मनाउन सुरु गरेको हो ।

विशेषगरी गर्भावस्थाको समयमा र साना बच्चाहरुमा एनीमिया, एनीमियाका कारण हुने कमजोरी र थकान हटाउने तरिकाहरुको चर्चा गरिन्छ । विश्वभरका मानिसहरूलाई आफ्नो शरीरमा आइरनसँग सम्बन्धित स्वास्थ्य सुधार गर्न मद्दत गर्नु यस दिवसको मुख्य उदेश्य हो ।

प्रतिक्रिया दिनुहोस्