Logo
|
Saturday 4th January 2025
Logo

epaper

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिट खारेज गर्दै उचित उपचारको प्रबन्ध मिलाउन सर्वोच्चको आदेश



नेपाल हेल्थ न्युज, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध मिलाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

विद्युतीय कारोबारमा अनुसन्धानका लागि थुनामा रहनुभएका प्रसाईँको बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गर्दै सर्वोच्चले उहाँ क्यान्सर जस्तो संवेदनशील रोगको बिरामी भएकाले उपचारको व्यवस्था मिलाउन आदेश दिएको हो ।

न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले बुधवार यस्तो आदेश गरे पनि यो बिहीबार मात्र सार्वजनिक गरेको हो ।

प्रसाईंका तर्फबाट छोरा नीरज प्रसाईँले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराउनुभएको थियो ।

क्यान्सर जस्तो संवेदनशील रोगको गाम्भीर्यता समेत विचार गरी निवेदकको स्वास्थ्य उपचारको उपयुक्त प्रबन्ध गर्नु भनी अनुसन्धान गर्ने निकायका नाउमा निर्देशनात्मक आदेश जारी हुने सर्वोच्चको आदेशमा उल्लेख छ ।

‘बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज हुने ठहरे पनि यी निवेदकलाई काठमाडौँ जिल्ला अदालतबाट मिति २०८१ ०८ ०९ मा हिरासतमा राख्ने अनुमति प्रदान गर्दा निवेदक निज दुर्गा प्रसाईँ क्यान्सरको बिरामी रहेको भनी उल्लेख गरेकोले सम्बन्धित विशेषज्ञबाट आवश्यक उपचारको प्रबन्ध गर्न अनुसन्धान गर्ने निकायलाई निर्देशन समेत दिएको देखिन्छ’ आदेशमा भनिएको छ ‘ बहस गर्ने निवेदकका तर्फबाट रहनुभएका विद्वान् कानुन व्यवसायीहरूले सो अनुरूप अनुसन्धान गर्ने निकायले उपचारको प्रबन्ध नगरेको भनी बहसमा जिकिर लिनुभएको र निवेदकले अदालतमा जीवन रक्षाका लागि स्वास्थ्य उपचारको व्यवस्था गरी पाउँ भनी निवेदन समेत दिएको देखिन्छ । ’

प्रतिक्रिया दिनुहोस्