Logo
|
Wednesday 22nd January 2025
Logo

epaper

पहिलो ‘विश्व ध्यान दिवस’ २०२४ः आर्ट अफ लिभिङका फाउन्डर श्री रबि शंकर जीले विश्वव्यापी प्रवचन दिँदै

नियमित योग गर्ने व्यक्तिमा गम्भीर र दीर्घकालीन रोग लाग्ने जोखिम कम



नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा २१ डिसेम्बरमा विश्व ध्यान दिवस मनाइने भएको छ । आर्ट अफ लिभिङ नेपालद्धारा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । एक सास, एक क्षण र एक संसार भन्ने मुल मन्त्रका साथ २१ डिसेम्बरको बेलुका ८ बजे आर्ट अफ लिभिङका फाउन्डर गुरुदेव श्री श्री रविशंकर जीले एकैपटक विश्वव्यापी प्रवचन दिँदै हुनुहुन्छ ।

संयुक्त राष्ट्र संघको महासभाले २१ डिसेम्बरलाई ‘विश्व ध्यान दिवस’ मनाउन हालै अनुमोदन गरेको छ । ध्यानका फाइदाहरूबारे मानिसहरूलाई सचेत गराउने र ध्यान अभ्यासको प्रवद्र्धन गर्ने उद्देश्यले संघले २१ डिसेम्बरलाई ‘विश्व ध्यान दिवस’ मनाउन अनुमोदन गरेको हो । हाल सबै देशहरूले यसलाई स्वीकार गरेका छन् ।

सो अवसरमा आर्ट अफ लिभिङ नेपालका अध्यक्ष सिद्धेश्वर कुमार सिंहले नियमित ध्यानको अभ्यासले शरीरलाई धेरै किसिमले फाइदा पुग्ने कुरा चिकित्सा विज्ञानले पत्ता लगाइसकेको जानकारी दिनुभयो ।

विश्वभर मानसिक रोगको जोखिम बढ्दै गएकाले यो एउटा अभ्यास तपाईको स्वास्थ्यका लागि धेरै लाभदायक हुनसक्छ । मैले निकै राम्रो लाभ लिन सफल भएको छु । मानसिक स्वास्थ्य प्रत्यक्ष रूपमा शारीरिक स्वास्थ्यसँग सम्बन्धित भएकोले, ध्यान अभ्यास समग्र स्वास्थ्य कायम राख्न मद्दत गर्नसक्ने आर्ट अफ लिभिङ नेपालका महासचिव प्रभुराज बैद्यले जानकारी गराउनुभयो ।

ध्यान र व्यायाम समग्र स्वास्थ्यका लागि धेरै लाभदायक मानिन्छ । स्वास्थ्य विज्ञहरूका अनुसार नियमित योग गर्ने व्यक्तिमा विभिन्न गम्भीर र दीर्घकालीन रोग लाग्ने जोखिम कम हुन्छ । अनुसन्धानकर्ताहरू भन्छन्—‘सबै उमेरका मानिसहरूले आफ्नो दैनिक दिनचर्यामा ध्यान अभ्यास समावेश गर्नुपर्छ ।’

ध्यानका फाइदा
शारीरिक स्वा
स्थ्यः योगले शारीरिक शक्ति, लचिलोपन र सहनशक्ति सुधार गर्छ । यो मुटुको स्वास्थ्य, रक्तचाप र श्वासप्रश्वास प्रणालीका लागि पनि फाइदाजनक हुन्छ ।
मानसिक स्वास्थ्यः योगले तनाव, चिन्ता र डिप्रेसन कम गर्न मद्दत गर्छ । यसले मानसिक शान्ति र एकाग्रता बढाउँछ ।
आध्यात्मिक विकासः योगले आन्तरिक शान्ति र आत्मजागरूकता बढाउँछ, जसले व्यक्तिको वास्तविक स्वभावलाई चिन्न अनुमति दिन्छ ।

ध्यान भनेको के हो ?

ध्यान भनेको मन र मस्तिष्कलाई एकत्रित गर्ने र हाम्रा विचारहरूलाई पुनः निर्देशित गर्ने प्रक्रिया हो । ध्यानका लागि, शान्त ठाउँमा आरामसँग बस्नुपर्छ । यसपछि गहिरो सास लिनुपर्छ र आफ्नो मस्तिष्कलाई एक ठाउँमा केन्द्रित गर्ने प्रयास गर्नुपर्छ । धेरै मानिसहरू ध्यानलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिका मान्दछन् । ध्यानले सकारात्मक मूड र मनोवृत्ति सिर्जना गर्न, आत्मअनुशासन स्थापना गर्न, निद्राको ढाँचा सुधार गर्न र मानसिक स्वास्थ्य कायम राख्न मद्दत गर्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । मानसिक स्वास्थ्यका लागि ध्यान धेरै लाभदायक छ ।

तनाव व्यवस्थापन गर्न नसक्दा शारीरिक स्वास्थ्यमा असर पार्ने, मुटुको धड्कन बढ्ने, निद्रा नलाग्नेदेखि रक्तचापसम्मका समस्या निम्त्याउने स्वास्थ्य विज्ञहरू बताउँछन् । त्यसैले नियमित ध्यान अभ्यासले तनाव कम गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्