देशका चार चर्चित डाक्टर स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित, सभामुख देवराज घिमिरेद्धारा पुरस्कार प्रदान
नेपाल हेल्थ न्युज काठमाडौं । चिकित्सा क्षेत्रमा गरेको महत्वपूर्ण योगदानस्वरुप देशका चर्चित ४ जना चिकित्सकहरु स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
यसरीे सम्मानित हुनेहरुमा वरिष्ठ मुटु सर्जन प्रा.डा. भगवान कोइराला, वरिष्ठ क्रिटिकल केयर मेडिसिन विशेषज्ञ प्रा.डा. सुवास आचार्य, अव्वल क्यान्सर विशेषज्ञ डा. अरुण शाही र वालरोग विशेषज्ञ डा. दिनेश कोइराला हुनुहुन्छ ।
दैलेखी सेवा समाजद्धारा राजधानीमा आज आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले उहाँहरुलाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गर्नुभएको हो ।