Logo
|
Thursday 30th January 2025
Logo

epaper

‘एनोस्मिया’ ले निम्त्याउन सक्छ गन्ध थाहा नपाउने समस्या ?

कारण, लक्षण, उपचार र बच्ने उपाय



नेपाल हेल्थ न्युज, काठमाडौँ । चिसो र खोकीका कारण कैयौँ पटक हामीले सुगन्ध गुम्ने समस्याको सामना गरेका हुन्छौँ । मौसमी रोगका कारण यो समस्या हुने गर्छ । के तपाइलाई मानिसको सुँघ्ने क्षमता कम हुने रोग बारे थाहा छ? मानिसको सुँघ्ने क्षमतामा असर पुर्याउने रोगलाई ‘एनोस्मिया’ भनिन्छ ।

के हो ‘एनोस्मिया’ ?
एनोस्मिया’ एक स्वास्थ्य अवस्था हो । जसमा व्यक्तिले आंशिक या पूर्ण रुपमा आफ्नो सुँघ्ने क्षमता गुमाउन सक्छन् । यो रोग जन्मजात पनि हुनसक्छ ।

कहिलेकाहीँ मानिसले गन्ध सँगै स्वाद पनि गुमाउन सक्छ । केही अवस्थामा व्यक्तिको मस्तिष्कको ‘टेष्ट बड’ मा नराम्रो प्रभाव पार्न सक्छ ।

कारण
एनोस्मिया विभिन्न कारणले हुनसक्छ । जस्तै, चिसो वा साइनस, संक्रमण, एलर्जी, माथिल्लो श्वास नलीको संक्रमण, नाकमा पोलिप्स, ट्यूमर, चोटपटक, भाइरल इन्फेक्सन र अल्जाइमर रोग आदि कारणले गन्धको कमी वा एनोस्मिया हुनसक्छ ।

लक्षण
आंशिक वा पूर्ण गन्धमा हानि, स्वादमा कमी, स्वाद र खानेकुराको भिन्नता छुट्याउन नसक्ने, खाने र पिउने इच्छा कम हुने जस्ता लक्षणहरू देखिनसक्छ ।

उपचार
कुनै व्यक्तिलाई चिसोका कारण एनोस्मिया भए उपचारको आवश्यकता पर्दैन । १ देखि २ हप्तामा आफैं निको हुन्छ । यदि निको नभए तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्छ ।

यसले संक्रमणको जोखिम बढाउन सक्छ । यस्तो अवस्थामा एन्टिबायोटिक लिनुपर्ने हुनसक्छ । यदि नाकमा पोलिप बृद्धि भएमा अवरोध हटाउन र गन्धको क्षमता पुनः प्राप्त गर्न शल्यक्रिया आवश्यक पर्दछ ।

कसरी बच्ने ?
एनोस्मियाको समस्याबाट बच्न धुम्रपान त्याग्नुपर्छ । धुम्रपानले इन्द्रियलाई सुस्त बनाउँछ । यसले गन्धको क्षमतामा नकारात्मक असर पुर्याउन सक्छ ।
( डा. कल्पना नागपाल इन्द्रप्रस्थ अपोलो अस्पतालकी ईएनटी, हेड एन्ड नेक सर्जरी विशेषज्ञ हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्