Logo
|
Friday 28th February 2025
Logo

epaper

अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यवस्था बुझ्न राष्ट्रपति पौडेल कीर्तिपुर बर्न अस्पतालमा



नेपाल हेल्थ न्युज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

राष्ट्रपति पौडेल आज बिहान अस्पताल पुगेर मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, सचिव डा. रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराउनुभएको थियो ।

उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य पोखरामा हिजो भएको एक कार्यक्रम उद्घाटनका क्रममा भएको घटनामा परी आगो लागेर घाइते भई कीर्तिपुर बर्न अस्पतालको आइसियुमा हिजो नै भर्ना हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्