Logo
|
Monday 10th March 2025
Logo

epaper

कानून विपरीत सञ्चालित पाँच जिल्लाका ५८ अस्पताल बन्द



नेपाल हेल्थ न्युज, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले निजी अस्पतालको अनुगमनको क्रममा पाँच जिल्लाका ९६ अस्पतालको अनुगमन गर्नुभएको छ । अनुगमनको क्रममा कानून विपरीत सञ्चालित ५८ अस्पताल बन्द गर्नका लागि निर्देशन दिनुभएको छ ।

अहिलेसम्म धनुषा, महोत्तरी, सर्लाही, रौतहट तथा पर्सा जिल्लाका ९६ वटा निजी क्षेत्रबाट सञ्चालित अस्पतालको अनुगमन गर्नुहुँदा ७५ प्रतिशत अस्पताल कानून विपरीत सञ्चालन रहेको पाइएको छ ।

९६ वटा निजी अस्पतालको अनुगमन गर्दा १५ वटा अस्पताल मात्र कानून सम्मत तरिकाले सञ्चालन भएपनि अधिकांश अस्पतालहरू कानून विपरीत सञ्चालनमा रहेको पाइएको मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिनुभयो ।

निजी क्षेत्रका अस्पतालहरूको मुख्यमन्त्रीबाट भएको अनुगमनपछि अस्पताल सुधारको अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्